डेंगु संक्रमित साढे २२ हजार नाघे, १४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा डेंगु संक्रमितको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । हाल डेंगु संक्रमितको सङ्ख्या साढे २२ हजार नाघेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ । तथ्याङ्क अनुसार गएको साढे सात महिनाको अवधिमा संक्रमितको कुल सङ्ख्या २२ हजार ६२७ जना पुगेको हो ।
संक्रमित मध्ये १४ जनाको मृत्यु भएको ईडीसीडीले जनाएको छ । यस्तै डेंगु संक्रमण ७५ जिल्लामा फैलिएको ईडीसीडीले जनाएको छ । संक्रमण देखिएको जिल्लाहरू मध्ये सबैभन्दा धेरै १२ हजार ४३१ जनामा संक्रमित सुनसरी जिल्लामा छन् । दोस्रोमा २ दुई हजार २४९ जना मोरङमा संक्रमण पुष्टि भएको छ ।
यस्तै, झापामा १ हजार ३४७, काठमाडौँमा ४४५, धनगढीमा ३४२, धनुषामा ३३१, सङ्खुवासभामा ३०२, कास्कीमा २६७ र कैलालीमा २१६ जना संक्रमित रहेका छन् ।
कुन प्रदेशमा कति संक्रमित ?
सात प्रदेश मध्ये सबैभन्दा धेरै कोसी प्रदेशमा डेंगु संक्रमित दर उच्च रहको पाइएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा मात्रै १७ हजार ८८ जना डेंगु संक्रमित छन् । त्यसपछि बागमती प्रदेशमा ३ हजार २४९ जना संक्रमित छन् भने गण्डकी प्रदेशमा ६७९ जनामा संक्रमण पुष्टि भएको छ ।
सुदूरपञ्चिम प्रदेशमा ६६०, मधेस प्रदेशमा ५१९, लुम्बिनी प्रदेशमा ३८५ र कर्णाली प्रदेशमा ४७ जना संक्रमित पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन