भगवती हाइड्रोपावरको आईपीओ बाँडफाँड, १२ लाखभन्दा बढीको हात खाली
सोमबार, १८ भदौ २०८०, ११ : ४२
काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्टको साधारण सेयर (आईपीओ ७१ हजार २२२ जना आवेदकले पाएका छन् । सेयर निष्कासक तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज आईपीओ बाँडफाँड गर्दै ७१ हजार जनालाई आईपीओ परेको जनाएको हो ।
यहि भदौ ५ देखि ८ गतेसम्म बिक्री खुलेको आईपीओमा १३ लाख ९ हजार ६६ आवेदन परेको थियो । जसमध्ये २ हजार ३८९ आवेदन रद्ध भएको थियो । बाँकी १३ लाख ६ हजार ६७७ आवेदन स्वीकृत भएको थियो । यी आवेदनबाट गोलाप्रथा माध्यमबाट ७१ हजार २२२ जनाले आईपीओ पाएका हुन् ।
कम्पनीले १०० रुपैयाँ अंकित आईपीओमा १६ रुपैयाँ प्रिमिय थप गरेर प्रतिकित्ता ११६ रुपैयाँमा आईपीओ बिक्री खुलाएको थियो । आवेदकले गोलाप्रथा माध्यमबाट १० कित्ताका दरले आईपीओ पाएका हुन् । क्यापिटलका अनुसार १२ लाख २५ हजार ४५५ जनाको हात खाली भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशसभाद्वारा ५ विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
-
सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मा
-
दलित युवामाथि अत्याचार गरेको भन्दै गृहमन्त्री लेखकविरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
फिल्म ‘हन्टर’मा यस्तो छ अरुणको लुक्स
-
‘डिपोर्ट’ गरिएका १०४ भारतीय नागरिक लिएर अमृतसर आइपुग्यो अमेरिकी सेनाको विमान
-
एक घण्टा थाल ठटाएर विरोध प्रदर्शन, तस्बिरहरू