‘अनावरण’को दोस्रो संस्करण बजारमा
सोमबार, १८ भदौ २०८०, १० : ३१

काठमाडौं । उपन्यास, कथा, निबन्ध र कविता विधामा सक्रिय विजय सापकोटाको कथासङ्ग्रह ‘अनावरण’को दोस्रो संस्करण बजारमा आएको छ ।
‘अनावरण’ सामान्य अनि महत्वहीन ठानिएका विषयको गम्भीर अन्तर्यलाई खोलिएका कथाहरुको सङ्ग्रह हो । सङ्ग्रहका कथाहरुमा समकालीन जीवनको राजनीति, समाज र संस्कृतिको विसङ्गत एवम् विद्रूप चित्रलाई सरल तर संवेद्य ढङ्गले प्रस्तुत गरिएको छ ।
हीन भावनाले ग्रसित बनेका, सीमान्तकृत बनाइएका र अन्यायमा पारिएका पात्रहरुको मानसिक दशाको मिहीन चित्रण यस सङ्ग्रहका कथाहरुमा पढ्न पाइन्छ ।
पाठकमा कुतूहल सिर्जना गर्न सक्ने बुनोट अनि अकल्पनीय बिन्दुमा टुङ्ग्याइएका यी कथाहरु पाठकलाई लामो समयसम्म प्रभाव पारिराख्न समर्थ हुनेछन् ।
कलम प्रकाशनले बजारमा ल्याएको कथासङ्ग्रह ‘अनावरण’को मूल्य ४९५ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको पसिनाले देश अगाडि बढेको छ : प्रधानमन्त्री
-
श्रमजीवीको संघर्षकै कारण देशमा गणतन्त्रात्मक व्यवस्था कायम भएको हो : प्रचण्ड
-
‘कि जितिन्छ, कि बितिन्छ’ भन्दै सडकमा आएका शिक्षकहरूको उधारो सहमति
-
सुनसरीबाट ७ सय ८३ किलो गाँजासहित दुई जना प्रहरीको नियन्त्रणमा
-
सरकार–शिक्षक सहमति : शिक्षकहरूले निजामती कर्मचारी सरह ग्रेड र रकम पाउने
-
२९ दिने आन्दोलनमार्फत के पाए शिक्षकले ? के भन्छन् महासङ्घ अध्यक्ष सुवेदी ?