मेस्सीको पासमा अल्बाको गोल, एमएलएसमा इन्टर मियामी विजयी

काठमाडौँ । अर्जेन्टिनी स्टार लियोनल मेस्सी आबद्ध इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा अर्को जित हात पारेको छ । इन्टर मियामीले सोमबार सम्पन्न खेलमा लस एन्जल्स फुटबल क्लबलाई ३—१ गोलले पराजित गर्यो ।
प्रारम्भदेखि नै प्रतिद्वन्द्वीलाई दबाबमा राखेको इन्टर मियामीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेल सुरु भएको १४औँ मिनेटमै इन्टर मियामीले अग्रता लिएको थियो । इन्टर मियामीका लागि फाकुन्डो फारियसले पहिलो गोल गरेका थिए ।
फाकुन्डोको सोही गोलका कारण पहिलो हाफमा इन्टर मियामी अगाडि रह्यो । खेलको ५१औँ मिनेटमा जोर्डी अल्बाले इन्टर मियामीको अग्रता दोब्बर बनाएको थियो । अल्बालाई गोलका लागि मेस्सीले आकर्षक पास उपलब्ध गराएका थिए । एमएलएसमा मेस्सीको पासमा कुनै पनि खेलाडीले गरेको यो पहिलो गोल हो ।
यसैगरी ८३औँ मिनेटरमा इन्टर मियामीका लागि लियोनार्दो काम्पानाले तेस्रो गोल थपेका थिए । निर्धारित समयको अन्तिम मिनेटमा लस एन्जल्स फुटबल क्लबले सान्त्वना गोल फर्काएको थियो । लस एन्जल्स फुटबल क्लबका लागि रायन होलिङ्सेडले जवाफी गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध