पीएसजीको जीतमा एम्बाप्पेको दुई गोल
सोमबार, १८ भदौ २०८०, ०९ : १७

पेरिस । स्टार खेलाडी किलियान एम्बाप्पेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेनले लियोनलाई ४–१ गोलले हराएको छ । उता पराजयसँगै लियोनका म्यानेजर लरेन्ट ब्ल्याङ्कमाथि थप दबाब बढेको छ ।
खेलको चौथो मिनेटमा नै पेनाल्टीबाट गोल गर्दै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । असरफ हाकिमीले २० औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ३८ औँ मिनेटमा मार्को असेन्सियोले पीएसजीका लागि तेस्रो गोल गरे भने पहिलो हाफको अतिरिक्त समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरे ।
दोस्रो हाफमा टोलिसोले पेनाल्टीबाट लियोनका लागि सान्तवना गोल गरे । लिगको दोस्रो स्थानमा रहेको पीएसजी यो सिजन लिगमा अपराजित रहेको छ । लियोन भने चार खेलबाट मात्र १ अङ्क बटुल्दै लिगको पुछारमा रहेको छ । उता फ्रान्सका फरवार्ड एम्बाप्पेले टोलीमा फर्किएपछि तीन खेलमा पाँच गोल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर