बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा बैठक बस्दै

सोमबार, १८ भदौ २०८०, ०८ : ४६
सोमबार, १८ भदौ २०८०

हेटौंडा। बागमती प्रदेशसभा बैठक २ महिनापछि आज बस्दै छ । बागमती प्रदेशसभा सचिवालयका अनुसार भदौ १८ गते सोमबार (आज) दिउँसो १ः३० बजे प्रदेशसभाको बैठक बस्ने तय भएको छ ।

पर्याप्त बिजनेस नुहँदा प्रदेशसभा बैठक २ महिनादेखि बस्न नसकेको थिएन । प्रदेशसभा विजिनेस विहीन भइ बस्न नसकेको अवस्थामा प्रदेश सरकारले ऐन संशोधनका लागि र नयाँ विद्येयक दर्ता गराएर बैठक आह्वान गरेको हो ।

बैठक राख्नका लागि गत भदौ ५ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले पनि प्रदेशसभा सचिवालयलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषदले भदो १७ का लागि बैठक आह्वान गर्न सिफारिस गरेपनि सचिवालयले १८ गतेका लागि बैठक तोकेको हो ।

गत असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेट पारित गरगै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभा बैठक भदौ १८ गते सोमबारका लागि बोलाइएको हो । सदन सञ्चालनको लागि संसद सचिवालयमा सरकारकातर्फबाट विद्येयकहरु पेश हुन नसक्दा बैठक अनिश्चित बनेको थियो । प्रदेश सरकारको तर्फबाट सदनमा केही विद्येयकहरु दर्ता भएपछि सदन आह्वान गरिएको हो ।

प्रदेशसभाको सोमबार बस्ने बैठकमा शुन्य समय र विद्येयक पेश गर्ने संभावित कार्यसूचि रहेको छ । सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार सोमबार एउटा बैठक चालन हुने र उक्त बैठकमा शुन्य समयको कार्यसूचि रहने र त्यस लगत्तै सरकारका तर्फबाट दर्ता भएका विद्येयकहरु पेश गरिनेछ ।

शुन्य समयमा प्रदेशको सार्वजनिक विषय वस्तुहरुमा सांसदहरुले आफ्नो धारणा राख्ने छन् भने संसदमा पेश भएका विद्येयकलाई सदनमा छलफलका लागि पेश गरिने उनको भनाइ छ । 

सो कार्य सूचिलाई अन्तिम रुप भने सोमबार विहान बस्ने प्रदेशसभा बैठक अघिको कार्य व्यवस्था परामर्श समितिको बैठकले दिने उनले बताए । कार्य व्यवस्था परामर्श समितिको बैठक सोमबार विहान ११ः३० बजे बस्ने प्रवक्ता गुप्ताले बताए । सोमबारको बैठकमा संसदीय समितिको विषयहरु भने प्रवेश नहुने उनको भनाइ छ ।

संसद संचालनार्थ सरकारको तर्फबाट ३ वटा विद्येयक दर्ता गरिएको र थप २ वटा विद्येयक र्ताको तयारी भइरहेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जाकनारी दिए ।

मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार ३ विद्येयक दर्ता भइसकेको र थप २ वटा विद्येयक दर्ताका लागि अन्तिम तयारी भइरहेको उनले बताए ।


उनका अनुसार सचिवालयमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दर्ता गरेको विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विद्येयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विद्येयक दर्ता भएको र सो विद्येयकहरु सदनमा पेश हुनेछ । 

प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक संसदमा पठाउने अन्तिम तयारी भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप