माओवादीले प्रवासमा पनि सुरु गर्यो रूपान्तरण अभियान
काठमाडौँ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत प्रवासमा पनि कार्यक्रम सुरु गरेको छ । ‘तीन महिने प्रवास–नेपाल जागरण अभियान’ नाम दिएर कार्य योजनासहित प्रवास समन्वय कमिटीको संयोजनमा अभियान थालनी गरिएको छ ।
आइतबार प्रवास समन्वय समितिको कार्यालय कुपण्डोलमार्फत विश्वभरका पार्टी निकट प्रवास कमिटीलाई अनलाइन प्रविधिमार्फत जोडेर इन्चार्ज राम कार्कीले अभियान शुभारम्भ भएको घोषणा गरे । घोषणा कार्यक्रममा सहइन्चार्ज लक्ष्मण पन्त अध्यक्ष ओम शर्मा लगायतको सहभागिता रहेको थियो ।
माओवादीले देशभर शनिवार रूपान्तरण अभियान सुरु गरेकोमा आइतबार प्रवास कमिटीमार्फत पनि पार्टीको पक्षमा माहौल बनाउन लागिएको छ । बैठकमा अध्यक्ष ओम शर्माले प्रवास कमिटीले गर्ने कार्य योजनाको फेहरिस्त प्रस्तुत गरेका थिए ।
यस्तो छ कार्य योजनासहितको माओवादीको प्रवास अभियान
प्रिय कमरेडहरू,
जहाँ पुगौ, जहाँ बसौँ । सपनामा नेपाल, जपनामा नेपालको भन्ने मुल नाराका साथ प्रवासमा रहेका लाखौं नेपाली तीन महिने प्रवास–नेपाल जागरण अभियानको सुरुवात गर्न गइरहेका छौ ।
नेपालमा भएको युगान्तकारी परिर्वतनबाट प्राप्त उपलब्धिको रक्षा गरेर नेपाली जनताको अवस्था फेर्ने समाजवादको आधार निमार्ण गर्न र प्रवासमा रहेका लाखौँ नेपालीलाई नेपाली जनप्रगतिशिल मञ्च र दक्षिण एसियामा अखिल भारत नेपाली एकता मन्चमा गोलबन्द गराउँदै जानु आवश्यक छ ।
यसका साथै नेपालमा रहेका नेकपा (माओवादी केन्द्र) को सरकार र पार्टीले जनताको पक्षमा गरेका राम्रा कामको पक्षमा प्रवासी माझ फिँजाउन, प्रचार प्रसार गर्नु आम प्रवासीका समस्या उजागर गर्नु पनि हाम्रो काम रहेको छ ।
समाजवादको आधार तयार पार्न नेपाली जनतालाई घर, टोल, गाउँ, नगर र सहरमा झकझकाउनु उत्तिकै जरुरी छ र प्रवासमा रहेका नेपालीले भोग्नु परेका तमाम समस्याहरू बारे पनि नेपाल सरकार र माओवादी केन्द्र र यसका निकायलाई जानकारी दिनु जरुरी छ ।
तीन महिने अभियानमा तल देखि माथि सम्म सङ्गठन निर्माणका लागी भेला, बैठक र सम्मेलन सबै क्षेत्रहरूमा गर्न जरुरी छ । यो अभियानमा नेपालमा रहेका नेता कार्यकर्तालाई बिउँझाउने मात्र होइन आफ स्वयम विउझिँदै सङ्गठनसँग जनतालाई जोड्ने पुलको अभिभारा समेत प्रवासमा रहेर सङ्गठन गरिरहेका तमाम नेता कार्यकर्ताको दायित्व बनेको छ ।
कामका मुख्य विषयहरुः
१. यो अभियानसँगै क्षेत्रीय राष्ट्रिय कमिटीको भेला, बैठक, सम्मेलन, सदस्यता नवीकरण, लेवी आदि केन्द्र देखि तलसम्म गर्नुपर्नेछ ।
२. प्रवासमा रहेका हरेक राष्ट्रिय कमिटीहरूले प्रवासी नेपालीहरूले भोगेका समस्याहरूका बारेमा २ पेजको कन्ट्री पेपर तयार गर्ने । त्यो पेपरमा त्यहाँको सङ्गठनको अवस्था, मजदुरको अवस्था र अन्य सङ्गठन र संस्थाहरूको अवस्था तथा त्यो देशसँगको हाम्रो आपसी सम्बन्धका बारेमा पनि उल्लेख गर्ने ।
३. प्रवासी नेपालीले भोगेका समस्या र मुद्रा लिपिबद्ध रूपमा उठाउनुका साथै सरकार, कूटनीतिक निकाय र सरोकारवालासँग समन्वय गर्ने ।
४. मा २० देखि कार्तिक ३० गतेसम्म केन्द्र क्षेत्र र राष्ट्रिय कमिटीमा रहेका नेतृत्वहरुले आफ रहेका देशको अन्तर नगर, जिल्ला, अन्तर सहर प्रदेश, अन्तर राज्यको जिम्मेवारी लिने गरी कार्य विभाजन गर्नुपर्ने छ ।
५. प्रत्येक क्षेत्र र राष्ट्रिय कमिटीले प्रवासीहरूको मन छुने र तिनीहरूका हितमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम गर्नुपर्नेछ ।
६. सबै क्षेत्र र राष्ट्रिय कमिटीको सम्मेलन गर्नका लागी तल्ला तहका कमिटीको सम्मेलन भेला, बैठक पर्नुपर्नेछ । धेरै जसो राष्ट्रिय कमिटीको सम्मेलन भएको पनि २ वर्ष पुगेकोले पनि अभियानका बिचमा सम्मेलन गरिनुपर्नेछ।
७. कार्तिक अन्तिममा बृहत् समीक्षात्मक बैठकको आयोजना गरिनेछ ।
८. हरेक देशले ती देशमा रहेका डक्टर, इन्जिनियर, प्रोफेसर, उद्योगी, विद्यार्थी र मजदुरहरूको अवस्थाको विवरण सङ्कलन गरी उनीहरूको ज्ञान, सिप, क्षमताको नेपालमा अधिकतम सदुपयोग गरिने छ ।
९. अभियानका क्रममा आफूले गरेका कामको सबै सामाजिक सञ्जालमा प्रचार गरिने छ । विरोधीहरूले छरेका सबै भ्रमको चिरफार गरिनुपर्ने छ ।
१०. प्रवासमा रहेर सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिने कार्यकर्ता, सुभेच्छुक, र नेताहरूको तल देखि माथिसम्म सम्मान कार्यक्रम गरिने छ । र यसमा सङ्गठन बाहिर राम्रा काम गर्ने नेपालीलाई सम्मान गरिने
छ ।
११. अभियानमा सकेसम्म क्षेत्रीय समिति र राष्ट्रिय समितिले प्रवास इन्चार्ज, अध्यक्ष र सिसिएम तथा सचिव र प्रवास समन्वय समितिका सदस्यहरूको उपस्थितिमा भौतिक कार्यक्रम गर्ने ।
१२. अभियान लागि यस पूर्व परिपत्र मार्फत तोकिएको आर्थिक तत्काल पुरा गर्ने । साथै बक्यौता लेवीहरुः प्रवास एचक्युमा तत्काल पठाउने ।
१३. रिट्रनीहरुको बारेमाः प्रवासबाट नेपाल फर्केकाहरूलाई सङ्गठन गर्ने । र उत्पादनमा सहभागी र हुन रिट्नी सेन्टरमा गोलबन्द गराउन पहल गरिनेछ । नेपाल फर्केको लिस्ट (सूची) प्रवास कार्यालयमा उपलब्ध गराउनु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने