श्रीलङ्का : आँधीबाट सावधानी अपनाउन मछुवा र नौसेनालाई निर्देशन

कोलम्बो । श्रीलङ्काको मौसम विज्ञान विभागले आइतबार टापुको तटीय क्षेत्रमा हावाको गति ६० देखि ७० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्ने पूर्वानुमान गर्दै जलसेना तथा मछुवालाई सतर्क रहन आग्रह गरेको छ ।
हम्बनटोटादेखि पोट्टुभिलसम्मको समुद्री क्षेत्र र पुत्तलामदेखि मन्नार, कनकासन्थुराई हुँदै त्रिन्कोमालीसम्मको समुद्री क्षेत्रमा हावाको गति बढ्न सक्ने विभागले जनाएको छ ।
“पुत्तलामदेखि कोलम्बो र गाले हुँदै हम्बनटोटासम्म फैलिएको समुद्री क्षेत्रमा कहिलेकाहीँ हावाको गति ५० देखि ६० किलोमिटर प्रतिघण्टासम्म बढ्न सक्छ । उपरोक्त समुद्री क्षेत्रमा माछा मार्ने र नौसैनिक गतिविधिमा संलग्न नौसेना र माछा मार्ने समुदायहरूलाई यस सम्बन्धमा सतर्क रहन अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले एक छुट्टै पूर्वानुमान जारी गर्दै देशको दक्षिण–पश्चिमी भू–भागमा अझै वर्षाको सम्भावना रहेको जनाएको छ ।
पश्चिमी र सबरागामुवा प्रान्तका केही स्थानमा तथा गाले, मातरारा र नुवारा एलिया जिल्लाका केही स्थानमा १०० मिलिमिटरभन्दा माथिको भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मेघगर्जन र चट्याङसहित क्षणिक रुपमा हावाहुरी र चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरिएको हो ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिवस धूमधाम, मजदुरको अवस्था उस्तै (तस्बिरहरू)
-
क्यानेडियन प्रतिद्वन्द्वीसँग स्तब्ध बन्दै उपाधि होडबाट बाहिरियो मेस्सी आबद्ध इन्टर मियामी
-
श्रमिकको सामाजिक सुरक्षा सुनिश्चित हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
कोशी प्रदेश : लगानी सम्मेलन आज उद्घाटन हुँदै
-
भारतको हवाई क्षेत्र पाकिस्तानी विमानका लागि बन्द
-
अमेरिका र युक्रेनबिच प्राकृतिक स्रोतसम्बन्धी सम्झौतामा हस्ताक्षर