नाइजेरियाले सबै देशबाट राजदूत फिर्ता बोलायो

अबुजा । पश्चिम अफ्रिकी देश नाइजेरियाले विदेशमा रहेका आफ्ना सबै राजदूतहरूलाई फिर्ता बोलाएको छ । राष्ट्रपति बोला टिनुबुले कूटनीतिक सेवा र गैर–कूटनीतिक सेवाबाट विश्वका विभिन्न मुलुकमा नियुक्त भएका सबै राजदूतलाई शनिबार फिर्ता बोलाउन निर्देशन दिएका हुन् ।
न्यूयोर्क र जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय निकायमा स्थायी प्रतिनिधिका रुपमा खटिएकाहरूलाई भने तत्काल फिर्ता नबोलाउन राष्ट्रपतिले निर्देशन दिएको उनका प्रवक्ता अजुरी एनगेलेले आज एक विज्ञप्ति निकालेर बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको आसन्न ७८ औँ महासभालाई दृष्टिगत गरी जेनेभा र न्युयोर्कमा रहेका स्थायी प्रतिनिधिलाई फिर्ता नबोलाइएको उनले स्पष्ट गरेका छन् ।
विदेशमा रहेका नाइजेरियाली वाणिज्य दूतावास कार्यालय र दूतावासको अवस्थाको अनुसन्धानपछि राष्ट्रपतिको यो आदेश आएको हो । नाइजेरियका कूटनीतिक नियोगहरूबाट विश्वस्तरीय दक्षता र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले राष्ट्रपति टिनुबुले राजदूत फिर्ता बोलाउन निर्देशन दिएको प्रवक्ता एनगेलेले स्पष्ट गरेका छन् ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म