आन्दोलनबारे पाठ्यपुस्तक लिपिबद्ध हुन नसक्दा माओवादी कमजोर भयो : इन्चार्ज कार्की
_xBBHJPto2Y.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवास समितिका इन्चार्ज राम कार्कीले माओवादी आन्दोलनबारे पाठ्यपुस्तक लिपिबद्ध गर्न नसक्दा पार्टी कमजोर भएको बताएका छन् । आइतबार प्रवास समितिको तीन महिने अभियानको उद्घाटन गर्दै उनले संघर्षबाट प्राप्त उपलब्धिको रेकर्ड राख्न नसक्नु कमजोरी भएको जिकिर गरे ।
‘राज्यसँग दुई वटा अंग हुन्छ । एक सैनिक, अर्को पर्सेसिप(नरम वा लामो समयसम्म टिक्ने हतियार) हो । राज्यलाई बलियो र टिकाउने भनेको मन्दिर, गुम्बा, विश्वविद्यालय, नागरिक समाज हुन् । तर यसतर्फ हामीले ध्यान दिएनौँ । जनतालाई बुझाउन सकिएन । यसलाई विद्यालय वा विश्वविद्यालयमा लिपिबद्ध गर्न नसक्दा माओवादी आन्दोलन भयो । पार्टी कमजोर भयो’, उनले भने ।
कार्कीले प्रवासको सबै कमिटी भंग गरी नयाँ अनुहार ल्याउन निर्देशन दिए । अब नयाँ पुस्ता नयाँ सोच, विचारका साथ आएकाले पुराना पुस्ता हट्नुपर्ने उनले भनाइ राखे । विशेष अभियानपछि माओवादी फेरि रातो सलह बनेर आउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना
-
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी