मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
एमाले लुम्बिनी

एमाले लुम्बिनी अधिवेशन : सहमतिको नाममा कार्यकर्ता अलमल्याइँदै

आइतबार, १७ भदौ २०८०, १६ : २८
आइतबार, १७ भदौ २०८०

बुटवल । बुटवलमा जारी नेकपा एमाले लुम्बिनीको प्रथम अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका  लागि  अझै निर्वाचन तालिका सार्वजनिक गरिएको छैन ।  राजनीतिक प्रतिवेदन पारित भएपछि  निर्वाचन  तालिका सार्वजनिक गर्ने भनिए पनि  अहिलेसम्म कुनै प्रगति हुन नसकेको हो । 

नेताहरूले अहिले सहमति लागि प्रयास जारी राखेको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रलाई सम्बोधन गर्दै सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेपछि सोहीअनुसार गर्ने प्रयास भभ्इरहेको उनीहरुको भनाइ छ । 

तर अध्यक्षका आकाङ्क्षी पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालले  दाबी नछाडेपछि चुनावी प्रतिस्पर्धा हुने सम्भावना बढेको बताइएको छ । 

यसैबीच अहिलेसम्म निर्वाचनको  कार्य तालिका सार्वजनिक नभएपछि  कार्यकर्ता  अन्योलमा परेका छन् । मतदाता अन्तिम भने नामावली सार्वजनिक भइसकेको छ । तर, मापदण्ड अझै बनाइएको छैन ।

अध्यक्षका आकाङ्क्षीहरू एक आपसमा सहमत नभएपछि निर्वाचनमा जाने अवस्था आएको र दुवैले प्यानल नै बनाएर निर्वाचनमा जाने सङ्केत देखिएको प्रतिनिधिहरू बताउँछन् । 

लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलबीचको टकरावको रूपमा लिँदा अझ पेचिलो बन्दै गएको छ । एमालेले प्रचार सदस्य  डीआर घिमिरेले  जिल्लागत रूपमा मिलाउनको लागि प्रयास भइरहेको रातोपाटीलाई बताए । 

अधिवेशनले ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप