वर्षाका कारण खेल प्रभावित भएपछि बीसीसीआईका सचिवमाथि खनिए पीसीबीका पूर्वअध्यक्ष

काठमाडौँ । एसिया कप क्रिकेटमा शनिबार भारत र पाकिस्तानबचिको बहुप्रतिक्षित खेल वर्षाका कारण रद्द हुन पुग्यो । वर्षाका कारण खेल रद्द भएपछि दुबै टोलीका समर्थक निराश बने । खेल सुरु हुनुभन्दा दुई दिनअघि नै वर्षाकाले खेल बिथोल्न सक्ने अनुमान मौसम विज्ञान विभागले गरेको थियो ।
श्रीलंकाको पालेकेलमा खेलिएको उक्त खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निणर्य लिएको थियो । खेलको प्रारम्भमै पाकिस्तानका तिब्रगतिका बलरहरुसामु निरिह बनेको भारतले केवल ६६ रनमा आफ्नो चार प्रभावशाली विकेट गुमाएको थियो । त्यसपछि विकेटकिपर ब्याट्सम्यान इशान किशन र हार्दिक पाण्डेयाले पाँचौं विकेटका लागि एक सय ३८ रनको साझेदारी गर्दै भारतलाई केही राहत दिएका थिए । भारतीय टोली पुरै ५० ओभर क्रिजमा टिक्न सकेन । भारत ४८.५ ओभरमा दुई सय ६६ रन बनाउँदै अलआउट भएको थियो ।
भारतीय टोलीको १० वटै विकेट पाकिस्तानका तिब्रगतिका बलरले लिएका थिए । भारतले ब्याटिङ गर्दा पनि वर्षाका कारण पटक—पटक खेल रोकिएको थियो । तर, भारतको पाली सकिएपछि भने लगातारको वर्षाका कारण खेल अगाडि बढ्न सकेन । वर्षाका कारण खेल बिथोलिएपछि पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्ष नजाम सेठ्ठीले नतिजा ज्यादै निराशाजक भएको टिप्पणी गर्दै त्यसको प्रमुख दोषी भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाह भएको आरोप लगाएका छन् ।
जय शाह एसियाली क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष पनि हुन् । उनले वर्षाको समयमा एसीसीले श्रीलंकाभन्दा पनि संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘न्यूट्रल भेन्यू’ का रुपमा प्रयोग गर्नुपर्ने आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरेका छन्, ‘ज्यादै निराशाजनक ! एउटा महत्वपूणर् खेलमा वर्षा बाधक बन्यो । पीसीबीले यो विषय पहिले नै उठाएको थियो । श्रीलंकामा वर्षाका कारण खेल प्रभावित हुन सक्ने जानकारी हामीले गराएका थियौं । त्यसैले हामी यो खेल यूएईमा खेलाइयोस भन्ने चाहन्थ्यौं । तर, हाम्रो कुरामा कसैले ध्यान दिएन । खेलकुदमा राजनीति गर्न खोजियो । दूर्भाग्यपूर्ण अवस्था ’
खासगरी बीसीसीआईले नै श्रीलंकालाई ‘न्यूट्रल भेन्यू’ का रुपमा प्रयोग गर्नुपर्ने अडान लिएको थियो । बीसीसीआईले एसिया कप खेल्न आफ्नो टोली पाकिस्तान नपठाउने अडान लिएपछि भारतले श्रीलंका र पाकिस्तानले यूएईलाई ‘न्यूट्रल भेन्यू’ का रुपमा अगाडि सारेका थिए ।
‘श्रीलंका क्रिकेट बार्ड आफैले पनि केन्डीमा यो सिजन प्रतियोगिता आयोजना गर्दैन । यो सबै कुरा थाहा पाएर पनि केन्डीलाई नै न्यूट्रल भेन्यूका रुपमा प्रयोग गरियो । यो भनेको खेलकुदमा राजनीति नै हो । यो कुनै पनि हालतमा माफी दिन नसकिने दूर्भाग्यपूर्ण क्षण हो,’ सेठ्ठीले भनेका छन् । उनले बीसीसीआईका सचिव जय शाहकै कारण यो अप्रिय अवस्था सृजना भएको आरोप पनि लगाए ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ