भारत : चट्याङमा परी १० जनाको मृत्यु
आइतबार, १७ भदौ २०८०, ०९ : ४२

भारतको ओडिशामा चट्याङमा परी कम्तीमा १० जनाको मृत्यु भएको खबर छ । समाचार एजेन्सी पिटिआईका अनुसार शनिवार राज्यका थुप्रै इलाकामा भारी वर्षा भएको र त्यति बेला ६ पटक चट्याङ पर्दा कम्तीमा १० जना मारिएका छन् ।
विशेष राहत आयुक्तको कार्यालय अनुसार खोरधा जिल्लामा चार जना र बलाङ्गीरमा दुई जनाको मृत्यु भएको हो ।
यस्तै, अंगुल, बौध, जगतसिंहपुर र ढेंकानाल जिल्लामा कम्तीमा एक जनाको मृत्यु भएको छ । खोरधा जिल्लामा तीन जना घाइते भएको खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए