खोकनामा जिउँदो बाख्रा पोखरीमा फाल्ने जात्रा मनाइयो
शनिबार, १६ भदौ २०८०, २० : २३
१
_jxl4hNRhwM.jpg)
ललितपुर । ऐतिहासिक गाउँ खोकनामा अवस्थित दे पुखु पोखरीमा जिउँदो कुमारीपाठी बाख्रा फालेर मनाइने जात्रा शनिबार मनाइएको छ। हरेक वर्षको भाद्र कृष्ण द्वितीयाका दिन यो पर्व मनाउने गरिएको छ। प्राचीनकालदेखि नै यो जात्राको प्रारम्भ भएको बताइएको छ।
प्राचीनकालमा पोखरीको वरिपरि रहेको जिउँदै प्राणी आजकै दिन हराउने गरेकाले त्यसलाई निरन्तरता स्वरूप यो पर्व मनाउँदै आएको स्थानीयवासीले बताएका छन्। जिउँदो कुमारीपाठीलाई पोखरीमा फालेर बाहिर आउन नदिई मार्ने चलन भएको स्थानीयको भनाइ छ।
बाख्रालाई पोखरीमा फालेपछि बाहिर आउन नदिन पोखरीको वरिपरि मानिसको भीड लाग्ने गरेको छ। उक्त जात्रा हेर्नका लागि छिमेकी गाउँ बुङ्मती, चापागाउँ, डुकुछाप, सुनाकोठी, थेचोलगायतका बासिन्दा आउँछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण