फोटोफिचर
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै युवा संघको मसाल जुलुस (तस्बिरहरू)
शनिबार, १६ भदौ २०८०, १९ : ३०

काठमाडौँ । नेकपा एमाले सम्बद्ध युवा संघले सरकारले हालै बढाएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै मसाल जुलुस निकालेको छ । शनिवार बानेश्वरस्थित युवासंघ कार्यालयबाट संसद् भवनतर्फ मसाल बोकेर अघि बढेका युवा संघका नेता कार्यकर्तालाई प्रहरीले बीचमै रोकेको थियो ।
स्वचालित मूल्य निर्धारण पद्धति सुरु भएको एक महिना मै नेपाल आयल निगमले गत बिहीबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । युवा संघले सर्वसाधारणको दैनिकीमा प्रभाव पारेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो । उनीहरुले सुशासन कायम गर्नुपर्नेमा सरकार चुकेको भन्दै नाराबाजी समेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली र अमेरिकी सेनाको आयोजनामा संयुक्त अभ्यास सुरु
-
आधार क्षेत्रमा नेविसंघलाई सघाउँदै अनेरास्ववियु, विरासत भत्काउने दाउमा क्रान्तिकारी
-
स्ववियु निर्वाचनमा महेन्द्र मोरङ : झडप र झैझगडाका शृङ्खला सुरु
-
एसइईलाई मर्यादित बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन
-
शैक्षिक सत्र सुरु नभई भर्ना खुलाए काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने
-
बिदा हुँदै महानिरीक्षक कुँवरले भने - राष्ट्रका लागि थप काम गर्ने अवसर प्राप्त गर्ने विश्वास छ