सुन पसलमा चोरी गर्ने एक जना पक्राउ
शनिबार, १६ भदौ २०८०, १६ : ४०
![सुन पसलमा चोरी गर्ने एक जना पक्राउ](https://rpcdn.ratopati.com/media/albums/thief_Ogb7Wy0Sks.jpg)
मोरङ । सुनवर्षी नगरपालिका-९ डाईनियास्थित मनिस ज्वेलर्सबाट सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा रतुवामाई नगरपालिका-५ बस्ने २२ वर्षीय सञ्जय पासवानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ब्रिज लाल सोनारको उक्त ज्वेलर्सबाट शुक्रबार बिहान करिब ३ लाख ४७ हजार ८ सय ४० रुपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले चोरीमा संलग्न पासवानलाई सुनवर्षी नगरपालिका-९ डाईनियाबाट पक्राउ गरेको हो । साथै उनको साथबाट फलामको रड २ थान, फलामको कैँची र नियन्त्रित लागूऔषध नाईट्राभेट ३४ ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता