गैरपत्रकारलाई सदस्यता वितरण गर्ने महासंघको निर्णय आपत्तिजनक : प्रेस चौतारी

काठमाडौँ । नेकपा एमाले निकट प्रेस चौतारी नेपालले गैर पत्रकारहरुलाई पनि पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरेको भन्दै नेपाल पत्रकार महासंघप्रति आपत्ति जनाएको छ । नेपाल चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मापदण्द विपरित गएर पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरिएको भन्दै नेपाल पत्रकार महासंघप्रति आक्रोश व्यक्त गरेका हुन् ।
शनिवार काठमाडौंमा प्रेस चौतारी नेपाल, बामगती प्रदेश समितिले प्रकाशित गरेको सम्पर्क डायरी सार्वजनिक गर्दै उहाँले पत्रकार महासंघले क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापकजस्ता गैर पत्रकारहरुलाई पनि पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम गरिरहेकाले त्यस बिरुद्ध महासंघको कार्यालयमा तालाबन्दी गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी समेत दिए । अध्यक्ष बस्नेतले पत्रकार शुद्धीकरण अभियान अन्तर्गत तयार पारिएको १५ बुँदे मापदण्ड विपरित महासंघले वितरण गरेको सदस्यता आफ्नो संगठनलाई स्वीकार्य नहुने पटकपटक दोहोर्याए ।
कार्यक्रममा चौतारीको वागमती प्रदेश समितिले दोलखाका विनिता शिवाकोटी र मकवानपुरकी सरिता दाहाललाई क्रियाशील पत्रकारिता पुरस्कार वितरण गर्ने जानकारी गराएको छ । समितिका अध्यक्ष शरद सापकोटाले यस वर्षको उत्कृष्ट जिल्ला पत्रकारिता पुरस्कार भने प्रेस चौतारी नेपाल रामेछाप जिल्ला कार्य समितिलाई वितरण गर्न लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व बैङ्कले देखेको नेपालको अर्थतन्त्रको परिदृश्यः विप्रेषणले गरिबी घटायो, आन्तरिक अवसरबाट न्यून लाभ
-
संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति
-
८ महिनामा ३१ करोडको विद्युतीय चुलो आयात
-
रोहिङ्ग्या शरणार्थीका लागि करिब एक अर्ब डलर माग
-
पानामा र ग्रिनल्यान्डपछि युक्रेनको परमाणु केन्द्रमाथि किन ‘गिद्धे दृष्टि’ राख्दैछन् ट्रम्प ?
-
अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘नेपाल महोत्सव –२०२५’