अस्ट्रेलियामा गर्मी बढेसँगै सावधानी अपनाउन आग्रह
शनिबार, १६ भदौ २०८०, १५ : ५८
_Lzlcr7HaYx.webp)
सिड्नी । अस्ट्रेलियाको अधिकांश स्थानमा गर्मी बढेको भन्दै सम्भावित विपद्बाट सतर्क रहन चेतावनी जारी गरिएको छ । जङ्गलमा डढेलो लाग्न सक्ने र गर्मी अत्यधिक बढ्न सक्ने भन्दै सबैलाई सतर्क रहन त्यहाँको मौसम विज्ञान ब्युरोले चेतावनी दिएको हो ।
बिहीबार जारी गरिएको पूर्वानुमानमा २०२३ मा अस्ट्रेलियाका अधिकांश स्थानमा वर्षा कम हुने बताइएको छ । त्यस्तै तापक्रम पनि उच्च हुने बताइएको छ । गर्मीका कारण जङ्गलमा डढेलोको सम्भावना उच्च रहेकोले सावधानी अपनाउन आग्रह गरिएको छ । अधिकांश क्षेत्रमा गत वर्षको तुलनामा कम मात्रै वर्षा हुने र त्यसको असर कृषि उत्पादनमा पनि पर्ने बताइएको छ ।
अहिले अस्ट्रेलियाको तापक्रम १९६१—१९९० को औसतमा भन्दा १.५४ डिग्री सेन्टिग्रेड भन्दा माथि चलिरहेको छ । यो १९९६ पछिकै सबैभन्दा गर्मी भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी