एमालेमा ओलीको विकल्प बारेको चर्चा मिथ्या हो : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेको नीति र नेतृत्वमा कुनै विवाद नरहेको दाबी गरेका छन् । शनिवार बुटवलमा सुरु भएको लुम्बिनी प्रदेशको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले एमालेभित्र विवाद ल्याएर पार्टीलाई कमजोर पार्ने प्रयास भइरहे पनि त्यो सफल हुन नदिने बताए ।
‘एमालेभित्र नीति र विधिमा कुनै विवाद छैन । यही नीतिले देश विकास हुन्छ’, पौडेलले भने, ‘नेतृत्वको प्रश्नमा पनि विवाद छैन । विवाद होस् भनेर कोसिस भइरहेका छन् । तर ती पानीको फोका हुनेछन् ।’
उनले १० औँ महाधिवेशनबाट निर्वाचित एमालेको कमिटी एकताबद्ध रहेको भन्दै अध्यक्ष केपी ओलीको नेतृत्वमा सबै गोलबद्ध रहेको बताए । ‘एमालेको अधोगति चाहनेहरू षड्यन्त्र गरिरहेका छन् । पार्टीभित्र गुटको कुरा प्रचारमा ल्याइएको छ । पार्टी र गुट विपरीत विशेषता हुन् । गुट र पार्टी कहिल्यै पनि सँगै जान सक्दैन’, उनले भने, ‘पार्टी बनाउने हो भने गुट समाप्त हुन्छन् । गुटबन्दीको चर्चा गर्ने रङ्गिन समाचारबाट तरङ्गित नहुनुहोला ।’
पौडेलले एमालेमा ओलीको विकल्पमा चलेको चर्चा मिथ्या भएको दाबी समेत गरे । उनले एमालेभित्रको एकतालाई कमजोर पार्ने प्रयासलाई कुनै हालतमा सफल हुन नदिने भन्दै नेतृत्व उमेर नभएर विचार भएकाले समकालीन राष्ट्रिय राजनीतिका दूरदर्शी नेता केपी ओली रहेको दाबी गरे ।
पौडेलले आफू र महासचिव बीच जोडेर गुटबन्दीको चर्चा चलेकोमा पनि आपत्ति जनाए । उनले आफू कुनै पनि गुटबन्दीमा नलाग्ने भन्दै गुटबन्दी मुर्दावाद र पार्टी एकता जिन्दाबाद भनेर अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव