माओवादी जनताको सुख दुःखको साथी बन्नुपर्छ : जनार्दन शर्मा
_cfgR65H6Ft.jpg)
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव तथा बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले माओवादी जताको सुखदुःखको साथी बन्न नसके प्राप्त उपलब्धि समाप्त हुने बताएका छन् । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शनिबार चन्द्रागिरि–२ घट्टेडाँडामा भएको उद्घाटन कार्यक्रममा बाेल्दै उनले उक्त कुरा बताएका हुन् ।
शर्माले जनताले चाहेको अधिकार, जनमुखी शासनप्रणाली र भ्रष्टाचारबाट मुक्त समाज निर्णाण गर्न रुपान्तरण अभियान चलाइएको बताए । ‘जनताको सुख दुःखको साथी माओवादी हुन सक्नुपर्छ । यदि त्यो हुन सकेन भने प्राप्त उपलब्धि सकिन्छ’, उनले भने, ‘जनताले चाहेको अधिकार स्थापित गर्न पहिला माओवादी आफैं रुपान्तरण हुनुपर्छ ।’
केन्द्रमा मात्र सुशासनको कुरा उठेको तर प्रदेश र स्थानीय तहमा भ्रष्टाचार व्याप्त रहेको गुनासोप्रति उनले पार्टीको ध्यानाकर्षण भएको समेत बताए । सबै तहमा सुशासन स्थापित गर्न बागमती प्रदेशबाट नै अभियान सुरु गर्ने प्रतिवद्धता समेत शर्माले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्रको अन्त्य भइसक्यो, अब जिउँदो भएर आउँदैन : लेखराज भट्ट
-
‘नारायणगोपाल युवा संगीत पुरस्कार’ शिवानी मोक्तानलाई
-
खैरो हेरोइन सहित सिरहाबाट ३ जना पक्राउ
-
नेपाल र भारतका सर्वोच्च अदालतबिच न्यायिक सहकार्यको सम्झौता
-
तीनकुने घटना : दुर्गा प्रसाईंका दाई राकेश प्रहरीको नियन्त्रणमा
-
यी हुन् शिक्षकहरूले अघि सारेका २२ बुँदे माग