माओवादीको अभियान
चन्द्रागिरि–२ बासीलाई बधाई दिँदै प्रचण्डले भने– ‘तपाईंहरूले माओवादीको बिउ जोगाउनुभयो, अब देशभर फल्छफूल्छ’
शनिबार, १६ भदौ २०८०, १५ : ०६
![चन्द्रागिरि–२ बासीलाई बधाई दिँदै प्रचण्डले भने– ‘तपाईंहरूले माओवादीको बिउ जोगाउनुभयो, अब देशभर फल्छफूल्छ’](https://npcdn.ratopati.com/media/news/maoist-abhiyan-(3)_xssu4Tyv7O.jpg)
काठमाडौँ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँमा माओवादीको बिउ जोगाएकोमा चन्द्रागिरि–२ का नेता तथा कार्यकर्ताहरूलाई बधाई दिँदै अब देशैभर फल्नेफूल्ने दाबी गरेका छन्। शनिबार चन्द्रागिरि–२ घट्टेडाँडामा जनतासँग माओवादी विशेष अभियानको उद्घाटन गर्दै हजारौँ जनताको बलिदानलाई मर्न नदिने प्रतिबद्धता जनाएका हुन् ।
‘काठमाडौँभर माओवादीको बिउ जोगाएकोमा तपाईंहरूलाई बधाई दिन चाहन्छु । अब देशैभर तपाईंले जोगाएको बिउ फल्नेफूल्नेछ । तपाईंहरूको भावना र चाहनालाई मर्न दिँदैनौँ’, उनले भने ।
अघिल्लो वर्षको वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँभर चन्द्रागिरि–२ मा वडाध्यक्षसहित माओवादीले प्यानलै जितेको थियो । सोही आधारमा माओवादी त्यहीँबाट विशेष रूपान्तरण अभियान चलाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते