एसिया कप
एसिया कप : पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
शनिबार, १६ भदौ २०८०, १४ : ५९

क्यान्डी । एसिया कपमा दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
टसमा बोल्दै भारतीय कप्तान रोहित शर्माले आफ्नो टोली चुनौतीको सामना गर्न तयार रहेको बताए । उनले बैंग्लोरमा छ दिनको क्याम्पको आयोजना गरेको जानकारी दिँदै आज के गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने जिकिर गरे ।
उता पाकिस्तानका कप्तान बाबर आजमले पनि आजको खेलमा आफूले पहिले ब्याटिङ नै गर्न चाहेको खुलाए । आफूहरूले यहाँ धेरै क्रिकेट खेलेको बताउँदै यहाँको अवस्थाको बारेमा जानकार रहेको बताए ।
एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र हङकङबिचको खेलमा वर्षा बाधक
-
संविधान पुनरावलोकन गर्न ढिलाइ भए सडक अझै आक्रोशित हुन्छ : शेखर कोइराला
-
बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको कार पहिरोले पुरियो, यात्रु सकुशल
-
कांग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल
-
यो उथलपुथलको समयमा सुन किन्नु कति सुरक्षित छ?
-
जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु