एमाले प्रदेश अधिवेशन
एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन सुरु
शनिबार, १६ भदौ २०८०, १४ : ४१

बुटवल । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)को प्रथम लुम्बिनी प्रदेश अधिवेशन बुटवलमा आजदेखि सुरु भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज र भोलि हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन् ।
अधिवेशन उद्घाटनका लागि पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू दिउँसो बुटवल आइपुगेका थिए । सम्मेलन पूर्व बिहान १० बजेदेखि बुटवलका १९ वटै वडाहरू, छिमेकी पालिका तथा जिल्लाबाट सहभागी हुन आउने कार्यकर्ताले राजमार्ग चौराहाबाट जुलुस तथा झाँकीसहित सम्मेलन स्थलमा प्रवेश गरेका थिए । आज अधिवेशन उद्घाटन पछि भोलि बन्द सत्र कार्यक्रम रहेको छ।
प्रदेश कमिटीको अध्यक्षका लागि हालका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल र प्युठानका हरि रिजाल आकाङ्क्षीका रूपमा देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ