माओवादीको अभियान
माओवादीको वडास्तरको अभियान : घट्टेडाँडा पुगे प्रचण्ड
शनिबार, १६ भदौ २०८०, १४ : २६

काठमाडौं । माओवादी केन्द्रको जनतासँग विशेष रूपान्तरण तीन महिने अभियान शनिबार (आज) बाट शुरू भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडबाट जुममार्फत अभियानको उद्घाटन गरेका हुन् ।
दिउँसो चन्द्रागिरि– २ घट्टेडाँडाबाट उनले वडास्तरको अभियानको उद्घाटन गरेका छन् । शुरूमा उनले पार्कभित्र एभोकार्डो लगायत फलफूलको बिरूवा रोपेका छन् । त्यसपछि जनतासँग प्रत्यक्ष छ्लफल गर्ने कार्यक्रम रहेको छ ।
साउनको तेस्रो सात राजधानीमा सकिएको केन्द्रीय समिति बैठकले तीन महिने अभियान गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम ६ हजार ७४३ वडामा अभियान शुरू भएको छ । गएको निर्वाचनमा माओवादीले प्यानलै जितेको हुनाले अभियानको सुरूवाट उक्त वडाबाट गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको आदेश शिक्षक नेताहरूको हठका विरुद्धमा हो : महासचिव पोखरेल
-
सुष्मा र विशालको ‘मकैबारी दर्याम दर्याम’ युट्युबको ट्रेन्डिङमा
-
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर
-
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै
-
लुम्बिनी प्रदेशमा महानगर बनाउने चर्चा कता हरायो ?
-
एमालेको सडक प्रदर्शन सत्ताको दुरुपयोग : नेतृ साह