कविता
यस्तै छन् आँखाहरु
शनिबार, १६ भदौ २०८०, १२ : १५

यस्तै छन् आँखाहरु
यताउता खोजेर
टोल्हाएर
एकटकले कतै
एकोहोरो हेरेर
थाहै नपाई
गह भिजाएर
कसैको निम्ति रोइदिन्छ ।
कुनैबेला जुधिदिन्छ
यी आँखा
आँखासंग
मदहोस
एउटा मीठो
आभास दिलाएर ।
आँखाको भाखा
बुझ्दछ त केवल
आँखाले नै
सोध्दछ प्रश्न
आँखाले नै
बोलिदिन्छ उत्तर ।
मिलनमा रमाउने
मनमा उमङ्ग निम्त्याउने
यी आँखा
दिलमा खुसीका अनिगिन्ति
सपना सजाउने
यी आँखा
छोडिने बेलामा
टाढिने बेलामा
पर पर हुँदै जाँदा
एकोहोरो हेरेर
थाहै नपाई
गह भिजाएर
कसैको निम्ति
पिल पिल गर्दा गर्दै
रोइदिन्छ
धेरैबेर
रोइदिन्छ ।
त्यसपछि
फेरि भेटिने आशामा
यताउता खोजेर
टोल्हाएर
एक टकले कतै
एकोहोरो हेरेर
थाहै नपाई
गह भिजाएर
कसैको निम्ति
रोइदिन्छ
धेरैबेर
रोइदिन्छ
यस्तै छन् आँखाहरु ।
यस्तै छन् आँखाहरु ।।
हालः लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बुधबार सार्वजनिक बिदा
-
हार्डवेयर पसलका सञ्चालकविरुद्ध राजस्व छलीको मुद्दा
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग