तरुण दलको महाधिवेशन आठ महिनाभित्र गर्छौं : अध्यक्ष गुरुङ
![तरुण दलको महाधिवेशन आठ महिनाभित्र गर्छौं : अध्यक्ष गुरुङ](https://npcdn.ratopati.com/media/news/bidwan_sbgWRYa9Y7.jpg)
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अबको ८ महिनाभित्र महाधिवेशन गर्ने बताएका छन् ।
शुक्रबार नेपाल तरुण दल सिन्धुपाल्चोक कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले ८ महिनाभित्र महाधिवेशन गर्ने चुनौति र अवसर रहेको बताए । उनले भने, ‘नेपाल तरुण दलको अबको आठ महिनाभित्र हामी महाधिवेशन गर्ने नै छौँ । अब हामीले काम गर्ने समय भनेको जम्मा आठ महिना हो ।’
अध्यक्ष गुरुङले पार्टी सभापति र केन्द्रीय कार्यसमितिको शिर झुक्न नदिएर आफूले काम गर्ने बताएका छन् । उनले महाधिवेशनलाई केन्द्रमा राखेर काम गर्न केन्द्रीय सदस्य, जिल्ला अध्यक्षसहित मातहतलाई निर्देशन दिएका छन् ।
गुरुङले कांग्रेसलाई बचाउन इतिहासलाई स्मरण गर्नुपर्ने बताएका छन् । उनले भने, ‘कांग्रेसलाई चोट पुगेको छ । त्यो कसैको कारणले होइन । हाम्रो कारणले हो । हामी हाम्रो नेतालाई सम्मान गर्न जान्दैनौँ । हाम्रो इतिहाँसलाई स्मरण गर्न चाहँदैनौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावककै बर्चस्व
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन