उत्तर कोरियाले दक्षिणी तटमा थुप्रै क्रुज मिसाइल प्रहार गर्यो : दक्षिण कोरिया
![उत्तर कोरियाले दक्षिणी तटमा थुप्रै क्रुज मिसाइल प्रहार गर्यो : दक्षिण कोरिया](https://npcdn.ratopati.com/media/news/north-korea_tSIDBcY7Fu.jpg)
दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आफ्नो दक्षिणी तटमा धेरै क्रुज मिसाइल प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले शनिवार बिहान भएको मिसाइल प्रक्षेपणबारे अनुसन्धान भइरहेको बताएका छन् । यसबारे थप जानकारी दिइएको छैन ।
उनले भने, ‘हामीले अमेरिकासँगको सहकार्यमा निगरानी र जासुसी गतिविधि बढाएका छौँ र हामी अमेरिकासँग सम्पर्कमा छौँ र पूर्णतया तयार छौँ ।’ अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासको जवाफमा उत्तर कोरियाले केही दिनअघि समुद्रमा दुई वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।
त्यसपछि उत्तर कोरियाले यी क्षेप्यास्त्र प्रक्षेपण दक्षिण कोरियाको लक्ष्यमा परमाणु हमला गर्ने अभ्यास भएको बताएको थियो ।
उत्तर कोरियाले यो वर्ष रेकर्ड सङ्ख्यामा हतियार परीक्षण गरेको छ । जवाफमा अमेरिका र दक्षिण कोरियाले पनि सैन्य अभ्यास गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिट फिल्म ‘परदेशी २’ अब ओटीटीमा
-
बंगलादेशलाई हराउँदै भारतले उपाधि कुम्ल्यायो
-
रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा ल्याइयो
-
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
-
दरबारमार्गको लिक्विड लाउन्जमा युवकमाथि निर्घात कुटपिट, काभ्रेली समूहका ८ जना पक्राउ
-
महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख