माओवादी विशेष रुपान्तरण अभियान : उपमहासचिव पुन नयाँ बसपार्कको सरसफाइ कार्यक्रममा सहभागी

काठमाडौँ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत शनिबार काठमाडौँको गोंगबु नयाँ बसपार्कमा उद्घाटन तथा वडा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ ।
पार्टीका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले अभियानको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै उपमहासचिव पुन सरसफाइ कार्यक्रममा सहभागी भएका छन् । अभियानमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सुरु गरेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी मुख्यालय पेरिसडाँडाबाट अभियानको उद्घाटन गरेका हुन् । पार्टी अध्यक्ष दाहालले अभियान उद्घाटन गरेसँगै देशभरका छ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन गर्नेछ । अभियानअन्तर्गत कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामबारे जानकारी गराइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईका भूभागमा तातो लहर चल्ने
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ