भारत : आदिवासी महिलालाई घरका सदस्यले नग्न घुमाए, तीनजना पक्राउ
भारतको राजस्थानस्थित प्रतापगढ जिल्लामा एक आदिवासी महिलालाई नग्न घुमाइएको घटना सार्वजनिक भएको छ । प्रहरीले घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको छ ।
रिपोर्टका अनुसार गिरफ्तारीको क्रममा अभियुक्त घाइते भएका छन् र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।
राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले घटनाको संज्ञान लिएका थिए र कडा कारबाही गर्ने चेतावनी दिएका थिए ।
मुख्यमन्त्रीले अभियुक्तविरुद्ध फास्ट ट्र्याक अदालतमा मुद्दा चलाइने बताएका थिए ।
VIDEO | Three accused have been arrested for allegedly stripping and parading a tribal woman naked at a village in Rajasthan's Pratapgarh. The accused got injured while trying to run away as police chased them. They are undergoing treatment in the district hospital. pic.twitter.com/hYHCCfB8UU
— Press Trust of India (@PTI_News) September 2, 2023
अशोक गहलोतले एक ट्विटमा भने, ‘प्रतापगढ जिल्लामा एक महिलाको माइती र घर पक्षको आपसी पारिवारिक विवादमा घर पट्टिका मानिसले उनलाई निर्वस्त्र पारेको एउटा भिडियो सार्वजनिक भएको छ । प्रहरी महानिर्देशकले एडीजी क्राइमलाई घटनास्थलमा पठाएको र यो घटनामा कडाभन्दा कडा कारवाहीको निर्देशन दिएका छन् ।’
मुख्यमन्त्रीले भने, ‘सभ्य समाजमा यस्तो खालको अपराधीलाई कुनै स्थान छैन । यी अपराधीलाई छिटोभन्दा छिटो जेलमा हालेर फास्ट ट्र्याक मुद्दा चलाएर सजाय दिइनेछ ।’
प्रतापगढ़ जिले में पीहर और ससुराल पक्ष के आपसी पारिवारिक विवाद में ससुराल पक्ष के लोगों द्वारा एक महिला को निर्वस्त्र करने का एक वीडियो सामने आया है।
— Ashok Gehlot (@ashokgehlot51) September 1, 2023
पुलिस महानिदेशक को एडीजी क्राइम को मौके पर भेजने एवं इस मामले में कड़ी से कड़ी कार्रवाई के निर्देश दिए हैं।
सभ्य समाज में इस…
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्चेस्टर सिटीको च्याम्पियन्स लिग यात्रा धरापमा
-
बिहीबार आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म