विदेशमा अग्रिम बुकिङमा सालारले जवानलाई पछि पार्यो

मुम्बई । प्रभास स्टारर फिल्म सालारले विदेशी अग्रिम बुकिङमा शाहरुख खानको आगामी फिल्म जवानलाई पछि पारेको छ ।
ट्रेड विश्लेषक मनोबाला विजयबलनका अनुसार, सालारले विदेशमा अग्रिम बुकिङ अमेरिकाबाट अहिलेसम्म ४.१४ करोड भारतीय रुपैयाँ कमाएको छ भने जवानले अग्रिम बुकिङबाट अहिलेसम्म १.७५ करोड भारतीय रुपैयाँ कमाएको छ।
सालारमा प्रभाससँगै पृथ्वीराज सुकुमारन, श्रुति हासन र जगपति बाबु मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक प्रशान्त नील हुन् । यो तेलुगु एक्शन थ्रिलर फिल्ममा एक अन्डरवर्ल्ड माफिया नेताको कथामा आधारित छ । फिल्म सेप्टेम्बर २८ मा रिलिज हुँदैछ । फिल्म सेप्टेम्बर २७ मा अमेरिकामा प्रिमियर हुनेछ ।
भारतमा जवानको अग्रिम बुकिङ सुरु, एक घण्टामा २० हजारभन्दा बढी टिकट बिक्री
यसबाहेक भारतमा पनि जवानको अग्रिम बुकिङ सुरु भएको छ । चलचित्रको बुकिङ सुरु भएको एक घण्टामा करिब २० हजार २६० टिकट बुक भइसकेको छ । रिपोर्टका अनुसार मुम्बईमा टिकटको मूल्य २,३०० रुपैयाँ छ भने दिल्लीमा २,४०० रुपैयाँमा अग्रिम टिकट उपलब्ध छ।
अमेरिकामा जवानको १८८४ शो
अगस्ट २८ सम्म अमेरिकामा जवानको १८८४ शोका लागि १३ हजार ७५० अग्रिम टिकट बुकिङ भइसकेको छ । ट्रयाकर निशित शाका अनुसार फिल्मले अमेरिका र क्यानडामा अग्रिम बुकिङबाट अहिलेसम्म १.८५ करोड भारु कमाइसकेको छ । अमेरिकामा टेक्सास र क्यालिफोर्नियाबाट मात्रै १.६५ करोड भारुको टिकट बुकिङ भएको छ ।
यूकेमा अग्रिम बुकिङ मार्फत ७७ लाख
निशित शाले यूकेमा जवानको अग्रिम बुकिङको अवस्था पनि सेयर गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘फिल्मले अहिलेसम्म एडभान्स बुकिङबाट ७७ लाख भारतीय रुपैयाँ कमाएको छ ।’
शाहरुख खानकै यसअघिको फिल्म पठान बेलायतमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म हो । फिल्मले बेलायतमा करिब ४५ करोड भारु कलेक्सन गरेको थियो । फिल्मले ओपनिङ डेमै ३ करोड कमाएको थियो ।
यता जवान सेप्टेम्बर ७ मा रिलिज हुँदैछ । फिल्मका निर्देशक एट्ली हुन् । फिल्ममा शाहरुख खानसँगै विजय सेतुपति र नयनतारा पनि देखिनेछन् । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा विश्वभर रिलिज हुनेछ । फिल्ममा सान्या मल्होत्रा र प्रियमणी पनि देखिनेछन् । दीपिका पादुकोण केमियो रोलमा देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?
-
जिन्दगानी हाम्रो यो दुई दिनलाई...
-
जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकमा कति दफामा जुट्यो सहमति ?