आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन : बास्कोटा

शनिबार, १६ भदौ २०८०, ०८ : २५
शनिबार, १६ भदौ २०८०

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरेको विषयमा प्रधानमन्त्रीको मौनताप्रति प्रश्न उठाएका छन् । यसअघि भारतले नेपालको भूभाग समेटेर अखण्ड भारतको नक्सा सार्वजनिक गर्दासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल मौन बसेको दृष्टान्त प्रस्तुत गर्दै बास्कोटाले सम्बन्धका नाममा चेपुवामा देश हुन नसक्ने जिकिर गरेका हुन् ।

पूर्वमन्त्री समेत रहेका बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रम प्रचण्ड भारत जानु अधि भारतले नेपालका केही भूभाग समेटेर अखण्ड भारतको नक्सा ल्यायो। प्रमले भने-सम्बन्धका कारण म बोलिन ।अहिले प्रमको चीन भ्रमणको मुखैमा चीनले नेपालको पछिल्लो नक्सालाई वास्तै नगरी आफ्नो नक्सा ल्यायो। के प्रम त्यहाँ पनि मौन ? सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप