सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएका शर्माविरुद्ध उजुरी माग

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएका विनोद शर्माविरुद्ध उजुरी आह्वान गरिएको छ । संघीय संसद् अन्तरगत संसदीय सुनुवाइ समितिले सूचना प्रकाशित गर्दै उजुरी माग गरेको हो ।
‘सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइका लागि समितिमा पत्र प्राप्त हुन आएकोले सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,‘ सूचनामा भनिएको छ । उक्त पदमा शर्मालाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाण सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै पनि जिल्लाको जिल्ला प्रशासन कार्यालय मार्फत सूचना वा उजुरी दिन सकिनेछ ।
सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र उनीहरूले चाहेमा सूचना दाताको नाम गोप्य राखिने जानकारी गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय