श्रीलंकामा आर्थिक संकटपछिकै सबैभन्दा कम मुद्रास्फीति

कोलम्बो । संकटग्रस्त श्रीलंकाको मुद्रास्फीति अगस्टमा ४.० प्रतिशतमा झरेको छ ।
यो गत वर्षको अकल्पनीय आर्थिक संकटपछिको सबैभन्दा कम भएको सरकारी तथ्यांकले शुक्रबार देखाएको छ ।
गत सेप्टेम्बरमा ६९.८ प्रतिशत रहेको मुद्रास्फीति दर जुलाईमा ६.३ प्रतिशत भएको र अगस्टमा आइपुग्दा ४.० प्रतिशतमा झरेको हो ।
श्रीलंकाको केन्द्रीय बैंकले यो आँकडाले आफ्नो देशको मुद्रास्फीतिको घट्दो प्रवृत्तिलाई निरन्तरता दिने अपेक्षा गरेको छ ।
आर्थिक संकटका कारण श्रीलंकाले गत वर्ष ४६ अर्ब अमेरिकी डलरको विदेशी ऋण तिर्न पनि नसकेपछि मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट चार वर्षको लागि २।९ अर्ब अमेरिकी डलर कर्जा प्राप्त गरेको थियो ।
आईएमएफको एक टोली यसै महिना कोलम्बोमा श्रीलंकाको संकटग्रस्त वित्तको प्रगतिको समीक्षा गर्न र थप ३३ करोड अमेरिकी डलर ऋण किस्ता जारी गर्ने निर्णय गर्न कोलम्बोमा आउनेछ । खराब आर्थिक संकट व्यहोरेको पछिल्लो अवस्थामा ‘सुधारको अस्थायी सङ्केत’ देखिएको अन्तर्राष्ट्रिय ऋणदाताले जनाएको छ भने कोलम्बोलाई अझै कडा सुधारहरू अगाडि बढाउन आवश्यक रहेको चेतावनी दिएको छ ।
गत वर्षको आर्थिक संकटका कारण महिनौंसम्म नागरिक अशान्ति मच्चिएको थियो जसले अन्ततः तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेको थियो ।
उनका उत्तराधिकारी रानिल विक्रमासिङ्घेले आर्थिक सुधारका लागि करको दायरा दोब्बर पारेका थिए, ऊर्जा क्षेत्रमा दिइएको उदार अनुदान हटाएका थिए र राज्यको राजस्व बढाउनका लागि प्राय वस्तु तथा सेवाहरूको मूल्य बढाएका छन् । सुधारको यस्तै प्रयास स्वरूप सरकारले शुक्रबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा ११.२ प्रतिशतसम्म वृद्धि गरेको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम