समाचार
सरकारले भन्यो–हाम्रो नक्सालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ
शुक्रबार, १५ भदौ २०८०, २० : ४३

काठमाडौँ । सरकारले नेपालको नक्सालाई अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको नेपालको नक्सालाई छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्ने बताएको हो ।
मन्त्रालयले भनेको छ, 'सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट छ । यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ ।'
चीनले २८ अगस्टमा जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको चुच्चे भागलाई हटाएको थियो । त्यसको नेपालमा विरोध भइरहेको छ । यसबारे आफ्नो धारणा स्पष्ट पार्दै मन्त्रालयले नेपाल सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पल शाहको निर्माणमा ‘यानीमाया’ घोषणा
-
फिल्म ‘जदौ’ निर्माण घोषणा, को-को छन् कलाकार ?
-
लमजुङमा डुबेर एक बालिकाको मृत्यु
-
गण्डकी प्रदेशभरि खानेपानी आयोजना अलपत्र, संघकै योजना पूरा गर्न ३ अर्ब चाहिने
-
लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
-
नेपाल चिकित्सक संघको दुई बुँदे माग सहित ७२ घण्टे ‘अल्टिमेटम’, माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने