प्रहरी समायोजन ऐन कार्यान्वयनमा जोड
शुक्रबार, १५ भदौ २०८०, २० : ३०

बारा । लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले प्रदेश तथा संघमा प्रहरी समायोजन ऐन कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिएका छन् ।
लोसपा जितपुर, सिमरा उपमहानगरपालिका समितिद्वारा शुक्रवार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संघीयता मजबुत गर्न प्रदेशको आफ्नो प्रहरी प्रशासन हुनुपर्ने कुरामा जोड दिएका छन् ।
देशलाई शान्ति र स्थायित्व प्रदान गर्न प्रहरी ऐन कार्यान्वयन अति आवश्यक रहेको बताउँदै उनले शान्ति सुरक्षालाई ध्यानमा राखेर चाँडोभन्दा चाँडो प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउनुपर्ने बताए ।
कार्यक्रममा लोसपा बारा क्षेत्र नम्बर ४ का अध्यक्ष सिताराम गुप्ता, नेता घनश्याम गिरी, नगर अध्यक्ष शिवजी साह, लोसपा नेता प्रभुनाथ सिंहलगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति