एसियाली विकास बैंकसँग नेपाल बैंकको सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडले एसियाली विकास बैंकसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।
नेपाल बैंक लिमिटेडले एशियाली विकास बैंकसँग उसको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत सम्झौता गरेको हो । कार्यक्रमले व्यापार वित्तियको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्याउने बैंकको विश्वास छ ।
२०२२ मा एडीबीले गरेको १०,००० भन्दा बढी व्यावसायिक कारोबारहरू मार्फत ७.७ बिलियन डलर भन्दा बढीको व्यापारीक सहयोग मध्ये ६०% भन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेका थिए ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड एडीबीसँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैंक भएको छ । यो सम्झौताले २०० भन्दा बढी देशहरुबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्ने जनाइएको छ । नेपाल बैंक लिमिटेडको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एशियाली विकास बैंकसँग यो सम्झौता हुन सम्भव भएको बताइएको छ ।
सम्झौतामा एडीबीका प्रमुख स्टिभन बेक र नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एसियाली विकास बैंकसँग व्यापार वित्तिय सम्झौता गर्न पाउँदा आफूहरु उत्साहित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा