२५ लाख मतदातासँग प्रत्यक्ष संवाद र ८ लाख सदस्य बनाउने यस्तो छ माओवादीको कार्यक्रम
काठमाडौँ । ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ अन्तर्गत सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले तीन महिने अभियान भदौ १६ गतेबाट सुरु गर्ने भएको छ । उक्त कार्यक्रमको तयारी पुरा भएको शुक्रवार पत्रकार सम्मेलन गरेर सो पार्टीले जनाएको छ ।
अभियानमार्फत ‘घरघरमा माओवादी, जनजनमा माओवादी’को नारा दिएर माओवादी केन्द्र जनतासमक्ष पुग्न लागेको हो । अभियानको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार उद्घाटन गर्दैछन् ।
कार्यक्रम अन्तर्गत माओवादीले केन्द्रीय सदस्यहरूलाई वडा तहसम्म पठाउनेछ । त्यसरी खटिने नेताहरूले कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका काम कारबाहीहरूको जानकारी गराउने लक्ष्य माओवादीले लिएको छ । साथै अभियानमार्फत पार्टी सदस्य आठ लाख पुर्याउने माओवादीको तयारी छ ।
अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ को घट्टेडाँडा पार्कमा जानेछन् । त्यस्तै वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर महरा ललितपुर महानगरको २८ वडा, उपाध्यक्ष अग्नी सापकोटा सिन्धुपाल्चोकको लिसंखुपाखर ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगर २२मा खटिने छन् ।
यस्तो छ नेताहरूको जिम्मेवारी :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा
-
पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटना, २८ जना घाइते