राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डान, ग्रेडिङ तथा सेमिनार आयोजना

नेपाल क्योकुसिन बुदो कराँते शाकाई इन्टनेशनलद्वारा आयोजित दोस्रो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डान ग्रेडिङ तथा सेमिनार शुक्रबार र शनिबार स्वयम्भुस्थित आनन्दकुटी स्कुलमा आयोजना भइरहेको छ ।
सेमिनारको पहिलो दिन विभिन्न जिल्लाबाट आएका खेलाडीबीच परिचयात्मक कार्यक्रमसँगै विभिन्न जिल्लाबाट आएका प्रमुखहरुलाई तथा सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षणको आयोजना भयो ।
उक्त ग्रेडिङ समारोहमा नेपाल फुलकन्ट्याक्ट कराँते महासंघका पदाधिकारीहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तथा अतिथिगणहरु तथा यस संस्थाका पदाधिकीहरुको उपस्थिति रहेको छ ।
यस ग्रेडिङ समारोहमा विभिन्न जिल्ला, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, महोत्तरी, मोरङ, झापा, पाँचथर, मकवानपुर, पर्सा, बारा, कास्की, नुवाकोट, धादिङ, सर्लाही, सप्तरी, धनगढी जिल्लाबाट ३०० भन्दा बढी खेलाडीको सहभागिता रहेको नेपाल ब्रान्चचिफ रामबहादुर बमजनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिन गुरुङ नेतृत्वको एनआरएनएद्वारा कोरियामा बुद्धको प्रचार, तस्बिरहरू
-
तत्काल शिक्षकका माग सम्बोधन नगरे ठुलो जनआन्दोलन हुने झलनाथ खनालको चेतावनी
-
मनाइयो चिसा दिवस, चैतसम्ममा तीन अर्ब ५७ करोड बराबरको निर्यात
-
शिक्षकहरू नाराबाजीमा उत्रिएपछि पूर्व प्रधानमन्त्रीहरू फर्किए
-
बयान लिनेसँग मिश्रको ठट्टा : मैले पत्रकार हुँदा सोध्ने प्रश्नभन्दा तपाईंहरुका प्रश्न कडा
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु