मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनायो
शुक्रबार, १५ भदौ २०८०, १३ : ५६

काठमाडौँ । मलेसियाले ६६ औं स्वतन्त्रता दिवस मनाएको छ । बिहीवार देश स्वतन्त्र भएको ६६ औं वर्षको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको हो ।
बुधवार मध्यरातपछि हजारौँ मलेसियालीहरु देशभक्त गीतहरु र अन्य गतिविधिहरु गरेर ६६ औं वर्षदिन मनाएका थिए । बिहीवार बिहान पुत्रजयाको प्रशासनिक केन्द्रमा राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहको निरीक्षणमा परेड उत्सव समापन भएको थियो ।
मलेसियाका राजासँगै प्रधनमन्त्री अनवर इब्राहिम,मन्त्रीपरिषद्का सदस्यहरु र अन्य अधिकारीका साथै हजारौँ सैनिक, नागरिकहरु उपस्थित थिए । जनतालाई सम्बोधन गर्दै राजा सुल्तानले दक्षिणपूर्वी एशियाली देशको सद्भाव र कल्याणका लागि एकता महत्वपूर्ण भएको बताए ।
अगस्ट ३१, १९५७ मा तत्कालीन मलाया संघले ब्रिटिस शासनबाट स्वतन्तत्रा पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामो समय विद्यालय बन्द हुँदा विद्यार्थी कुलतमा
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बोर्ड बैठक बस्ने
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र