बुटवलमा करेन्ट लागेर एक युवक गम्भीर घाइते*
शुक्रबार, १५ भदौ २०८०, १३ : ३९

बुटवल। बुटवलमा करेन्ट लागेर एक युवक गम्भीर घाइते भएका छन् । विद्युतको पुरानो तार हटाउने क्रममा करेन्ट लागेर दाङ राप्ति गाउँपालिका घर भई बुटवलमा बस्ने २२ वर्षीय डोलराज बुढामगर गम्भीर घाइते भएका हुन् ।
बुढामगरलाई बुटवल उपमहानगरपालिका–९ स्थित सिद्धार्थ इन्टरनेशनल कलेज नजिकै विद्युतको पोलको पुरानो तार हटाउने क्रममा करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते भएका उनलाइ उपचारका लागि बुटवलको कालिकानगरस्थित चौराहा हस्पिटलमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए । -यसअघि यो समाचारमा अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सरकारविरुद्ध बागमती सरकारले मुद्दा दायर गर्ने
-
कम्पनीमै कायम राख्नुपर्ने नीजि विद्यालयहरुको अडान
-
व्यक्तिका पछि लागिन्न, राजा होस् कि नेता
-
दुर्गा प्रसाई निकट देवी संग्रौला पक्राउ
-
ओली सरकारले राजीनामा गरेर मार्गप्रशस्त गर्नुपर्छः प्रभु साह
-
बैठकमा रविले सुनाए हिरासतको पीडा– मध्यरातमा मेराे ज्यानकाे खतरा थियो