मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय
विश्व

दोस्रो विश्वयुद्ध सुरुको कथा : अमेरिकी शासनतन्त्रको एउटा प्रमुख कूटनीतिक व्यवहार

शुक्रबार, १५ भदौ २०८०, १३ : १६
शुक्रबार, १५ भदौ २०८०

८४ वर्षअघि, आजकै दिन (सन् १९३९ सेम्टेम्बर १) एडोल्फ हिटलर शासित नाजी जर्मनीले छिमेकी शान्तिपूर्ण देश पोल्यान्डमाथि जघन्य फौजी आक्रमण गरे, जुन देशसँग उनले ‘अनाक्रमण सन्धि ‘गरेका थिए । दोस्रो विश्वयुद्ध सुरु भयो । नाजी आधिपत्यमा पर्दा अगाध धनजन, भौतिक क्षति बेहोरेका पोलिस जनताले आफ्नो प्रतिरोध युद्ध चलाए । त्यसमा वीर सोभियत लाल सेनाको सहयोग प्राप्त भएपछि मात्र मुक्त हुन सक्यो, उनीहरूको देश । 

यस मुक्ति संग्राममा सोभियत जनताले आफ्नो देशलाई मुक्त गराउँदै नाजी आधिपत्यमा परेका अरु देश र जनतालाई मुक्त गर्नमा अतुल्य बलिदान गरे । सोभियत क्षतिको हिसाबबाट पोल्यान्ड मुक्तिले दोस्रो स्थान लिन्छ । दोस्रो महायुद्धमा सोभियत रुस, अमेरिका र बेलायत सम्मिलित मित्र राष्ट्रिय सेनासामु नाजी जर्मनी बिनासर्त आत्मसमर्पण गर्न बाध्य भयो । जर्मनी चार शक्ति राष्ट्रको आधिपत्यमा रह्यो, तर केही समयपछि जर्मनीको एकीकरणको सम्झौता सिद्धान्तलाई मिचेर अमेरिका, बेलायत र फ्रान्सले आफ्नो आधिपत्य रहेको क्षेत्रमा पश्चिम जर्मनी बनाए र सोभियत रुस पूर्वी जर्मनी खडा गर्न बाध्य भयो । अनि सन् १९४९ मा अमेरिकाको नेतृत्वमा पश्चिमाले ‘नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन’को नाम दिएर ‘नाटो’ आक्रामक फौजी सङ्गठन बनाए । रुस र उसका सहयोगी राज्यले सामूहिक प्रतिरक्षाका लागि पोल्यान्डको राजधानीमा वार्सा ट्रिटी गठन गरे ।

आफ्नो २५० वर्षको इतिहासमा १६ वर्ष मात्र शान्तिपूर्ण कालखण्ड बिताएको देश अमेरिकाले लडाइँ–बझाइ–फटाइँ अनेक आक्रमण र युद्ध लाद्ने काम गर्‍यो, शीतयुद्धको कालखण्डभरि सोभियत समाजवादी व्यवस्था ढाल्ने एउटै कुत्सित स्वार्थ लिएर । 

शीतयुद्धबाट हुने आफ्नै आर्थिक, भौतिक बोझमाथि पछिपछि त समाजवादी समाजको नाममा पारिवारिक तथा गुटबन्दी शासन चलाएका शासकको भरथेग सुरक्षा गर्नुपर्ने भई अगाध धनराशि तथा संसाधन जुटाउनुपर्ने भार सोभियत राज्यका लागि अचाक्ली हुन पुग्यो । तात्कालिक सोभियत राष्ट्रपति मिखाइल गोर्बाचोभ यस्तो धन–संसाधनको दुरुपयोगको आफ्नै जनताको हितमा सदुपयोग गर्ने उदात्त ध्येय लिई प्रतिस्पर्धी फौजी सङ्गठन भङ्ग गर्ने अभियानमा लागे । पश्चिमीसँग अनेक शिखर वार्ता भए ।

नाटो फौजी सङ्गठनले आफ्नो सदस्यता नबढाउने लिखित सम्झौता भएपछि वार्सा सन्धि सङ्गठन विघटन भयो, तर अमेरिकाको राजनीतिको आधार त सदा–सर्वदा विश्वासघात नै थियो । उसले एकपछि अर्काे विश्वासघात गर्दै वार्सा सन्धि सङ्गठनका पूर्वसदस्य देश र सोभियत संघभित्र रहेका बाल्टिक गणराज्यलाई ‘नाटो’ भित्र ल्यायो, कसरी भन्ने कुरा छाडौँ । अर्काेतिर रुस समेत तन्नम टाटको अवस्थामा गिर्‍यो र झन्झन् गिर्दै गयो ।

3

यस प्रसङ्गमा एउटा विशेष उल्लेखनीय कुरा के छ भने राष्ट्रपति जोनसनको पालाका अमरिकी महान्यायाधिवक्ता र्‍यामजे क्लार्कले ‘दोस्रो विश्वयुद्धपछिको सबभन्दा ठूलो अपराध नै अमेरिको विदेश नीति हो’ त्यसै भनेका रहेनछन् ।

मान्छेको जस्तै देशको पनि भाग्य पल्टिन्छ भन्थे बुद्धिमानहरू, हो रहेछ । वार्सा सन्धि सङ्गठनको प्रधान कार्यालय रहेको देश ‘नाटो’मा भित्रियो । नाजी आधिपत्य भोगेको, त्यसविरुद्ध प्रतिरोधको यशस्वी इतिहास राखेको देश अहिले आफ्ना मान–सम्मान, स्वाभिमान, इमान, धर्म जम्मै गिराएर आफ्नो ‘आदर्शमय’ देश अमेरिकाको शासनतन्त्रको खटन–पटनबाट नाजी बाहुल्य भएको देश उक्रेनी सत्तालाई ‘नाटो’को घोडतबेला भनौँ कि युद्धयन्त्रको ग्यारेज भएर सेवा पुर्‍याउन बाध्य भएको छ ।

आफ्नो २५० वर्षको इतिहासमा १६ वर्ष मात्र शान्तिपूर्ण कालखण्ड बिताएको देश अमेरिकाले लडाइँ–बझाइ–फटाइँ अनेक आक्रमण र युद्ध लाद्ने काम गर्‍यो, शीतयुद्धको कालखण्डभरि सोभियत समाजवादी व्यवस्था ढाल्ने एउटै कुत्सित स्वार्थ लिएर ।

अब पहिले हिटलर आधिपत्यको देश भएको पोल्यान्डका वर्तमान शासकले आजको दिनलाई कसरी मनाउँदा होलान्, आफ्नो मुक्तिदाता देश रुसविरुद्ध युद्धमा अहिले खनिइरहेको नाजी बाहुल्य रहेका उक्रेनी सत्ताप्रति तथाकथित ‘ऐक्यबद्धता’को वास्तविकतामा वार्सा घेट्टो प्रतिरोध सङ्ग्रहालय र आउस्विज मृत्यु शिविरजस्ता अनेक स्मारक थलाहरू रहिरहनुको उचितता कसरी साबित गर्लान्, पोलिस जनताको भाषा–संस्कृतिमाथि भएका दमनलाई के भन्लान् वा गर्लान् ? यो तिनीहरूकै अन्तर्आत्माको कुरा हो, आफ्नै आत्मासाक्षी राखी हेर्ने, बुझ्ने कुरा हो । 

हाम्रो स्वतन्त्र नेपाल देशका थोरबहुत जवानले पनि साझा शत्रु नाजीविरुद्ध युद्धमा त्याग र बलिदान अर्पण गरेका हुन् । कस्तै विषम परिस्थितिमा पनि नेपालले असंलग्न विदेशनीति परिपालन गर्दै आएको हो । यसमा चीनविरोधी अभियानद्वारा पहिला भारतले फौजी चेकपोस्ट राखेर पछि अमेरिकी सरकारले सन् १९७४ मा वाङ् दी नेतृत्वमा भएको खम्पा विद्रोहलाई हर प्रकारले सहयोग गरी घात पुर्‍याएका पनि सर्वविदित छ । 

हालै दौत्य सम्बन्ध स्थापनाको ७६ वर्ष मनाइएको ‘मित्र’ देश अमेरिका नेपालमा युद्ध अखडाहरू खडा गरेर उसको सार्वभौमसत्ताको कसरी खुलमखुला अन्तर्घात गर्दाे रहेछ, यो त्यहीबेला मात्र होइन, उहिल्यै सन् १९५८ को ‘तिब्बत विद्रोह’देखि जगजाहेरै छ । राजा वीरेन्द्रले असंलग्नताको नीति अख्तियार गर्दै नेपालमा अमेरिकी फौजी अखडा राख्न अस्वीकार गर्दा अन्तर्राष्ट्रिय षड्यन्त्रको सिकार भई समस्त परिवार विनाश भोग्नुपरेको थियो । 

दुर्भाग्यको कुरा, आज देशको गठबन्धन सत्ता अमेरिकी शासनतन्त्रको भरौटे भई नेपालको राष्ट्रिय हितविपरीत जति गिर्न दिन पनि तयार छ । हामीचाहिँ त्यस्तोलाई सत्तामा टिकिरहन दिने पामर भएका छौँ । अब कतिसम्म भएको छ भने, अमेरिकी शासनतन्त्रले मन पराएको भन्दैमा नाजी बाहुल्य उक्रेनी शासनको समर्थनमा संयुक्त राष्ट्रसंघमा र यत्रतत्र समर्थनमा गठबन्धन सत्ता जोतिएको छ । यस्तो भरौटपनलाई त्यसले ‘साना देशको अस्तित्वरक्षा’को समर्थनमा भन्ने बोक्रे आडम्बरले ‘उचित’ ठहर्‍याउनु त हदैको पाखण्डपन भएन र ? यो देख्दा नामधारी ‘स्वतन्त्र’हरूलाई भरौटे हुन कतिबेर नलागेको जात्रामा के आश्चर्य मान्नु, के मुटु चुँडिनु ?

1 (1)

आज र अहिले मूलतः पश्चिमी समाज अमेरिकी शासनतन्त्रले स्लाभ जातिको सभ्यता तथा संस्कृतिप्रति घोर शत्रुभाव राख्दै लादेको रुसविरुद्ध ‘प्रतिबन्ध’ तथा ‘छद्म’ युद्धको वज्र आफ्नो अर्थतन्त्र, उद्योगधन्दा, शिक्षा– संस्कृति आदि जर्जर स्थितिमा पर्दै, अबको जाडो याममा गुफा युगमा पुग्नुपर्ने अवस्थामा पर्दै भोगिरहेछ, तर आजको दिनमा अमेरिका र पश्चिमा सञ्चार साधन तथा प्रचार संयन्त्रले सारा सत्यतथ्य बङ्ग्याउँदै, बिगार्दै, विकृत गर्दै नाजी जर्मनविरुद्ध विश्वयुद्धलाई नाजी बाहुल्य उक्रेनी सत्ताको समर्थनमा प्रखर नाजीविरोधी योद्धा चर्चिलको बराबरीमा उक्रेनी विदूषकलाई उभ्याउनमा र नाजी हिटलरी शासनको ढाड भाँच्ने शक्ति सोभियत सेनाको अपमान गर्दै वर्तमान रुसी शासकलाई बदनाम गर्न–गराउनमा कुनै कसर बाँकी राखेका छैनन् । त्यसमा कुनै आश्चर्य मान्नुपर्ने छैन ।

सत्य बोलेबापत, अमेरिकी राज्यीय युद्ध अपराधको सबुत प्रमाणसहित पोल खोलेबापत बेलायती झ्यालखानको फलामे पिँजरामा जाकिएका अस्ट्रेलियाका पत्रकार जुलियन असान्ज भन्छन्- फट्याइँका आधारमा चलाइएको युद्धको पहिलो सिकार सत्य नै हुन्छ । अतः आजको यथार्थता भनेकै अमेरिकी शासनतन्त्रको हैकममा अहोरात्र चालू रुसी दुष्प्रचारविरुद्ध ‘सत्य’ प्रचार हो ।

यस प्रचारको आधारमा आफूखुसी हथकण्डा प्रयोग गर्दा आफ्नै मित्र देशहरूको कन्तबिजोग भए पनि अमेरिकी शासनतन्त्रलाई रतिभर फरक नपर्ने, चित्त नपोल्ने जात्रा पनि युरोपभरि यत्रतत्र सर्वत्र मञ्चन भइरहेको छ ।

सुन्दा अपत्यारिलो लाग्ने होला धेरैलाई । अनि कतिलाई यो घोर पूर्वाग्रही मनस्थिति पनि लाग्ना सक्ला, तर सत्य त सत्य नै रहन्छ, अनि ऐनाले पनि झुट देखाउँदैन ।

अमेरिकाको वर्तमान शासनतन्त्र अहिले युद्धोन्मादी घोर विक्षिप्तताको चपेटामा छ । त्यहाँ निजामती निर्वाचित राष्ट्रपतिको शासनको अभाव भएको बताउँदै छन्, अनेक जानकार तथा विज्ञ अमेरिकी इतिहासकार, टीकाकार एवं, राजनीतिक विश्लेषकहरू ।

रुसी राष्ट्र तथा त्यसको पुरातन स्लाभ सभ्यतालाई अरब तथा बल्कान सभ्यता नष्ट गरेपछि क्षतविक्षत गर्ने योजनामा अमेरिकाको नाम त बडेबडे बौद्धिक काम चाहिँ दुराचारी गर्नमा कुख्यात संस्थानहरू लागिपरेको कुनै रहस्य छैन । नाभिकीय युद्ध भए पनि त्यसबाट निम्न जातिका एसियालीलाई यसमा अब रुसीहरू पनि परेका छन् सिध्याउन सकिने ‘कार्यपत्र’ छापिन्छन्, धुमधाम प्रचार र वितरण गरिन्छन् । यस कुकर्ममा युरोपमा हिटलरे नाजीवादीहरू र एसियामा जापानी तथा ताइवाने सैन्यवादीलाई लगाइरहिएको पनि जगजाहेर छ । 

युरोपभरि नाभिकीय विकिरणको भयावह खतरा आइपरे पनि हाल रुसी अधिकारमा आएको उक्रेनी झापोझ्र्ये नाभिकीय बिजुली घरमाथि नाजी सेनापतित्वको उक्रेनी तोप सेनाबाट गोलाबारी भइरहेको छ, तर अमेरिकालाई ‘त्यहाँको वास्तविक स्थिति थाहा हुँदैन’, उक्रेनमाथि सयौँ जासुसी स्याटेलाइट यन्त्र चक्कर लगाइरहे पनि । उता उक्राइनको समर्थनमा बेलायती सरकारबाट सोझै सैनिकलाई रुसविरुद्ध लड्न लगाउने तयारी भइरहेको खबर छ । यता जर्मनीको प्रान्तीय राज्य सरकारकी प्रधानमन्त्री आफ्ना नागरिकलाई नुहाउने कोठाको धाराबाट शावर चलाउन नसकिने भएबापत टालो भिजाएर, निचोरेर जिउ पुछेर नुहाउने काम टार्नु भन्छिन् । अर्कोतिर, जर्मनीको संघीय सरकार नाजीप्रेमी उक्रेनी शासनको समर्थनमा करोडौँ डलर तथा घातक ट्याङ्क शस्त्रास्त्र पठाउँदै छ, जसलाई एक ट्विटर प्रेषक ‘हेल्प फ्रम थर्ड राइख टु फोर्थ राइख’ (तेस्रो राइख साम्राज्यबाट चौथो राइख साम्राज्यलाई मद्दत) भन्ने अत्यन्त सार्थक शीर्षकमा पोस्ट गरेका छन् । 

आजको दिनको ‘सम्झना’मा विशेष अर्थ राख्ने गरी उक्राइनमा यहुदी राष्ट्रपति झेलेन्स्कीबाट नाजीकरणलाई बढ्दो गति प्रदान गरिएको कुरा, उनको तथाकथित ‘प्रत्याक्रमण’ आम आत्महत्या समान भइरहेको खबरहरू विदेशी अस्त्रशस्त्र बीचैमा ‘हराउने गरेको’, युद्ध घनघोर नाफा कुम्ल्याउने र भ्रष्टाचार गर्ने समृद्ध धन्दा भएको सत्यतथ्य स्वयं अमेरिकी सैन्यविद् तथा इतिहासकारले भन्दाभन्दै पनि राष्ट्रपतीय चुनावका प्रत्याशी डोनाल्ड ट्रम्प तथा रोबर्ट केन्नेडीको प्रबल विरोध हुँदाहुँदै झेलेन्की सत्तालाई थप अर्बाैं डलर पठाइएको, उनको शासनका ‘विरोधी’ रहेका आरोपमा अमेरिकाका तथा विश्वका अन्य भागका इकार, राजनीतिज्ञ,, कलाकार, पत्रकार, राजनीतिक विश्लेषक आदिको हत्या योजना, अमेरिकी शासनतन्त्रलाई डराएर, धम्काएर, तर्साएर आफ्नो हात महाविनाशकारी नाभिकीय हतियार पार्ने दुष्चेष्टा भइरहेका खबरले पनि यस ‘जयन्ती’को पूरै रियाज भइरहेको जानकारी गराउँछन् । 

4

सन् १९३९ मो अगस्ट २३–२४ को रात जर्मनी र सोभियत रुसबीच अनाक्रमण सन्धि भएको थियो, जसलाई मालोतोभ– रिबनट्रप सन्धि पनि भन्ने गरिन्छ । पश्चिमी जगत्मा यो सन्धिको घनघोर अपव्याख्या र विकृति गर्ने गरिन्छ, जबकि बेलायत, फ्रान्स, डेनमार्क त के स्वयं पोल्यान्डले गरी धेरैवटा पश्चिमी देशले जर्मनीसित ‘अनाक्रमण सन्धि’ गरेका थिए । रुसी गणराज्यको विदेश मन्त्रालयले यही साल २०८० को अगस्ट २४ का दिन यी केही फोटो कथा प्रस्तुत गरेको थियो । त्यसकै आधारमा यी कुरा नेपालीमा पुनःउद्धृत गरिएको हो ।

पहिलो चित्र- तात्कालिक बेलायती प्रधानमन्त्री नेभिल च्याम्बरलेनले जर्मनीसित जोडिएका चेकोस्लोभाकियाका सीमा इलाका चेकोस्लोभाक सरकारको सम्मति त के कुरा जानकारी विनाजर्मनीलाई सुम्पिने गरी म्युनिख सहरमा जर्मनीको नाजी चान्सलर हिटलर सामु लम्पसार परेर पाएको एउटा कागजको टुक्रा देखाएर ‘यो हाम्रो समयको शान्ति घोषणा’ भनेका थिए जसलाई उनीपछिका प्रधानमन्त्री चर्चिलले नै अमान्य घोषणा गरेका थिए ।

दोस्रो चित्र- हिटलर सन् १९३३ देखि सत्तामा आएपछिका घटनाक्रममा स्पेनको गणतान्त्रिक सरकारविरुद्ध नाजी समर्थक स्पेनी सैन्य जर्नेल फ्य्राङ्कोले गरेको विद्रोहबाट सुरु भएको गृहयुद्धमा हिटलर सेनाको ठाडो हस्तक्षेसहित पोल्यान्डले हस्ताक्षर गरेको ‘अनाक्रमण सन्धि’को पनि उल्लेख छ ।

तेस्रो चित्र- यसमा त्यतिबेलाको युरोपको मानचित्रसहित जर्मनीसँग अनाक्रमण सन्धि गरेका अनेक युरोपेली सरकार सरकारका नाम दिइएका छन् ।

चौथो चित्र- प्रधानमन्त्री चर्चिलले एक इतिहासकारको दृष्टिबाट सोभियत रुसले त्यस्तो अनाक्रमण सन्धि गर्नुपरेको बाध्यता उल्लेख गरेका छन् । उनी भन्छन्- ‘सोभियत पक्षको दृष्टिबाट भन्नुपर्दा तिनका जीवन्त हितहरूले जर्मन सेनालाई सकेसम्म पश्चिमतिरै अल्झाएर आफ्नो विशाल साम्राज्यका सबै भागहरूबाट आफ्ना शक्ति जोगार गर्नु नै अपेक्षा गर्दथ्यो भन्ने मान्नैपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरविन्द रिमाल
अरविन्द रिमाल
लेखकबाट थप