दोस्रो सातामा ‘जय हो’
काठमाडौँ । अभिनेता सोलन बस्नेत र अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘जय हो’ आजबाट प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको फिल्मले व्यवसाय पनि राम्रो गरिरहेको निर्माता शोभित बस्नेतले जानकारी दिए ।
फिल्म पहिलो साता झैँ देशभरका हलमा दोस्रो सातामा प्रवेश गरेको भने छैन । किनभने हिजो बिहीबारबाट प्रदर्शनमा आएका ‘ऐँचो पंैचौ’ र ‘गणपति‘ले थुप्रै हल कब्जा गरेको छ ।
फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट् बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । फिल्म सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा
-
यी पाँच औषधिको नियमित सेवन गर्नु हुन्छ ? गुम्ला है स्मरणशक्ति
-
दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराइयो
-
सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेपछि बिनु यादव पक्राउ
-
बकवास गीत लेख्नु पनि मुस्किलकाे काम हो: जावेद अख्तर