राजेश हमालले रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होष्ट गर्ने

काठमाडौंँ । अभिनेता राजेश हमालले टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ होस्ट गर्ने भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच शो घोषणा गरिएको हो ।
कृषि र मनोरञ्जनमा आधारित टेलिभिजन रियालिटी शो ‘रिभोलुसनरी एग्रिकल्चर वार ‘र’ इ–स्क्वायर प्रालिले कृषि र मनोरञ्जन विधालाई समेटेर गर्न लागेको हो । कृषि, उद्यमशीलता र जलवायु परिवर्तनका मुद्दालाई शो मा मुख्य विषयवस्तु बनाइनेछ । शो मा किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । यो शो लाई शैलेश कँडेलले निर्देशन गर्नेछन् भने जजको भूमिकामा योगेन्द्रकुमार कार्की र नम्रता पाण्डे रहनेछन् ।
कार्यक्रममा तीन दशक लामो अभिनय यात्रामा कैंयन पटक किसानको भूमिकामा देखिएको बताएका हमालले अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफूलाई ओजिलो महसुस गरेको बताए । ‘यतिका समय देशका विभिन्न तहमा बसेर कृषि क्रान्तिको गफ गरेको सुनिएको थियो । अब भने यो कार्यक्रममार्फत साँच्चै नै कृषि क्रान्तिको परिभाषा परिवर्तन हुने अपेक्षा राखेको छु’ उनले भने ।
निर्देशक कँडेलले शो किसान र कृषि प्राविधिक बीचको प्रतिस्पर्धा नभएको भन्दै मनोरञ्जनात्मक र सन्देश मुलक हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावमा सडक निर्माण रोकियो
-
तराई–मधेसमा सतुवाइन पर्व मनाइँदै
-
नेपालको विकास र समृद्धिको आधार पर्यटन : परराष्ट्रमन्त्री
-
२०८१ सालमा लुम्बिनी प्रदेश : एमालेलाई लाभैलाभ, साना दललाई संकट
-
नागरिकको भरोसा बढाउने गरी काम गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
नर्भिक अस्पताल ३३ औँ वर्षमा प्रवेश, तीन दशकमा २५ लाखभन्दा बढीले लिए सेवा