स्वास्थ्य सेवा विभागले माग्यो कमाण्डरसहित १० जना सुरक्षा गार्ड
शुक्रबार, १५ भदौ २०८०, ०८ : ०७

काठमाडौं । स्वास्थ्य सेवा विभागले कमाण्डरसहित १० जना सुरक्षा गार्ड मागेको छ । विभागले जारी गरेको सार्वजनिक सूचनाअनुसार करारमा नियुक्ति गर्नेगरी दरखास्त आह्वान भएको हो । त्यसका लागि इजाजतप्राप्त फर्म तथा संस्थाले रीतपूर्वक प्रस्ताव आह्वान गर्न सक्ने जनाइएको छ ।
सूचनाअनुसार विभागको टेकु कार्यालयका लागि ७ र केन्द्रीय स्टोर पथलैयाका लागि ३ जना सुरक्षा गार्ड आवश्यक रहेको छ । तत्काललाई एक वर्षको करार अवधि हुने र आवश्यकताअनुसार पछि थप गर्न सकिने सूचनामा उल्लेख छ । साथै एक फर्मको नाम खरिद गरिएको प्रस्ताव फाराम अर्को व्यक्ति वा फर्मको नामबाट दाखिला गर्न नपाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा