काठमाडौँ महानगरपालिकामा आज सार्वजनिक बिदा
शुक्रबार, १५ भदौ २०८०, ०८ : ०३
![काठमाडौँ महानगरपालिकामा आज सार्वजनिक बिदा](https://rpcdn.ratopati.com/media/albums/holiday_6bB0rsf1ia.png)
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले सापारु र रोपाइँ जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।
मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।