हेटौँडा–काठमाडौँ जोड्ने सडकखण्ड पुसभित्र निर्माण सम्पन्न गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

मनहरी । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डलाई आगामी पुस महिनाभित्र निर्माण सम्पन्न गर्ने बताएका छन् ।
प्रदेशको राजधानीलाई सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने मार्गहरू पहिरोको उच्च जोखिम रहेको र सामान्य वर्षा हुँदासमेत पहिरो खसेर पटक–पटक सडक बन्द हुँदा समस्या हुने गरेको भन्दै उनले उक्त सडकखण्ड समयमै निर्माण सक्न चासो दिएको बताए ।
उनले उक्त सडकखण्ड निर्माणको जिम्मा लिएका निर्माण कम्पनीलाई समयमै काम सक्न निर्देशन दिइसकेको दाबी गर्दै मुख्यमन्त्री जम्कट्टेलले पुस महिनापछि हेटौँडा–काठमाडौँ आवतजावतमा सहज हुने बताए ।
हेटौँडाबाट काठमाडौँ जोड्ने अन्य मार्गमा पनि विशेषगरी वर्षाको समयमा पहिराको उच्च जोखिम हुने तथा खाल्डाखुल्डी बनेर खण्डीकरण भएका कारण जोखिम बढ्दै गएकोप्रति पनि उनले चासो र चिन्ता व्यक्त गरे ।
मुख्यमन्त्री जम्कट्टेलले मन्त्रीहरूसँग गरिएको कार्यसम्पादन करार सम्झौताले पनि कतिपय अधुरा र अपूरा काम समयमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।
उनले बुधबार प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता पनि गरेका छन् । कार्यसम्पादन करार सम्झौताले कामको तीव्रता बढ्ने भन्दै उनले सरकारको मुख्य चासो भनेको हेटौंडा–काठमाडौँ जोड्ने सडक निर्माण सम्पन्न गर्नु रहेको बताए ।
कार्यसम्पादन सम्झौताका क्रममा मुख्यमन्त्री जम्कट्टेलले प्रदेशको राजधानी हेटौँडालाई संघीय राजधानी काठमाडौँ जोड्ने सडकखण्ड पुस महिनाभित्र निर्माण सक्ने गरी काम गर्न सम्बन्धित मन्त्रालयका मन्त्रीलाई निर्देशन दिए ।
यस्तै विगत दुई वर्षदेखि कुलेखानी–सिस्नेरी सडकखण्डको पनि दुई खण्डमा स्तरोन्नति कार्य भइरहेको जानकारी दिँदै उनले सडक स्तरोन्नतिको काम लगभग सम्पन्न भएको जानकारी दिए । उनले सडक फराकिलो बनाउने काम सम्पन्न भएको र अब कालोपत्र गर्न बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?