कृषिलाई प्राथमिकतामा राखेमात्रै देशको विकास सम्भव : राजेश हमाल
_K4SfwGO381.jpg)
काठमाडौँ । कलाकार राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताएका छन् । बिहीबार काठमाडौँ आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
हमालले नेपालको विकास गर्न कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले कृषिबाट मात्रै देशलाई विकासतर्फ लैजान सकिने बताए । नेपालको क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो कृषि क्षेत्र भएकाले अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न नसक्ने बताए । आधुनिकताको नाममा पुराना संस्कृतिलाई मास्ने काम भइरहेको उनले बताए ।
कृषक र कृषि प्राविधिकहरुको यो प्रतियोगिता नेपालमै पहिलो पटक भएको हो । जसलाई दुई भागमा विभाजन गरिएको छ । १६ औं एपिसोडसम्म रअ कार्यक्रम चल्नेछ । जसमा कृषि प्राविधिकहरुको छुट्टै र कृषकहरुबीच छुट्टै प्रतिष्पर्धा हुनेछ । कार्यक्रम सञ्चालन हमालले गर्नेछन् । दुवैतर्फ एक÷एक विजेता चयन हुनेछन् । विजेताले १० लाखभन्दा बढी नगद पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी