सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ ।
बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले बुधबार साँझ एक कार्यक्रमको आयोजना गरी चिनियाँ नागरिक सानटाओलाई सम्मान गरेको हो । सानटाओले गत मे १८ मा सगरमाथाको आठ हजार मिटर उचाइबाट बेसक्याम्पसम्म प्याराग्लाइडिङ गरेका थिए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ अनुभव र सम्भावना भएको बताए ।
“नेपाल पर्यटन क्षेत्रको अथाह सम्भावना भएको मुलुक हो, हामीसँग भएको पर्यटकीय क्षेत्रलाई विश्वमाझ पुर्याएर यसबाट विदेशी मुद्रा आर्जनमा लाग्नुपर्छ”, उनले भने, “नेपालले प्याराग्लाइडिङ क्षेत्रलाई अगाडि बढाउनका लागि स्कुल सञ्चालन गरेर शिक्षा प्रदान गर्दै आइरहेको छ ।”
प्याराग्लाइडिङ आरोही सानटाओले सन् २०१५ मा पोखरामा पहिलोपटक प्याराग्लाइडिङ गरेको स्मरण गर्दै उनले सोही समयदेखि नै सगरमाथामा प्याराग्लाइडिङ गर्ने सपना बुनेको बताए । “मैले सन् २०१५ मै पोखरामा प्याराग्लाइडिङ गरेपछि सन् २०१६ मा प्याराग्लाइडिङ कोर्ष पढेर क्रमशः पाँच हजार, छ हजार र सात हजारका चीनका चुचुरोमा प्याराग्लाइडिङ गरेँ”, उनले भने, “त्यसपछि सगरमाथाबाट प्याराग्लाइडिङ गर्ने इच्छा जागेकाले अहिले आएर सफल भएको छु ।”
पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटनका माध्यमबाट मुलुकको विकासमा टेवा पुग्नै भन्दै पर्यटन प्रवर्द्धनमा सबैको ऐक्यबद्धताको खाँचो औँल्याए । “पर्यटनको हिसाबले विश्वको उत्कृष्ट मुलुक नेपाल हो । विश्वमा भन्दा राम्रो प्राकृतिक सम्पदा र हावापानी नेपालमा रहेकाले पनि यहाँको पर्यटन प्रवर्द्धनमा सबैको ऐक्यबद्धता आवश्यक छ”, उनले भने ।
सेभेन समिट ट्रेक्स प्रालिका सञ्चालक एवं पर्यटन व्यवसायी मिङ्मा शेर्पाले नेपालका हिमाल प्याराग्लाइडिङ गर्ने खालका रहेकाले यसलाई सरकारले अगाडि बढाउनुपर्नेमा जोड दिए । कोरोनापछि नेपालको पर्यटन क्षेत्र बिस्तारै गतिमा जान थालेको उनको भनाइ थियो ।
यसैबीच, बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई मन्त्रालयमा सम्मान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन
-
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
-
लुम्बिनी प्रदेशको वित्तीय उत्तरदायित्व विधेयकमाथि दफावार छलफल हुने