बागमती नदीमा २५ किलोमिटर र्याफ्टिङ गरिने

काठमाडौँ । र्याफ्टिङ खेल प्रवद्र्धन गर्ने तथा बागमती नदीलाई स्वच्छ राख्ने उद्देश्यले बागमतीमा र्याफ्टिङ र्याली हुने भएको छ । जिल्ला समन्वयन समिति, काठमाडौँको आयोजना तथा नेपाल र्याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा आगामी शनिवार एक दिने र्याफ्टिङ हुन लागेको हो ।
जिल्ला समन्वयन समिति काठमाडौँले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा हामी सँगसँगै सहकार्य गरौँ भन्ने नारा लिएर ऐतिहासिक बागमती नदिमा र्याफ्टिङ र्याली गर्ने जानकारी दिएको हो । गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरी जलदेखि सुरु भएको र्याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ ।
जिल्ला समन्वयन समिति, काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौँ जिल्लाभित्र रहेको काठमाडौँ महानगरपालिकासहित दश वटै स्थानीय निकायले बागमती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने बताए । कुल ४५ वटा डुङ्गाले सुन्दरीजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछ । प्रत्येक ढुङ्गामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी छ जना हुने नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए ।
बिहान ७ः ३० देखि सुरु भएको यात्रा साँझ ५ः३० सम्म सञ्चालनमा हुनेछ । यस अवधिमा सुन्दरीजलबाट उत्तर गयासम्म ८ किलोमिटर यात्रा गरेपछि पहिलो चेक पोइन्ट अन्त्य हुनेछ । त्यसपछि उत्तर गयाबाट गोकर्णेश्वर मन्दिरसम्म पाँच किलोमिटर र्याफ्टिङ हुनेछ । सोही मन्दिरबाट एल्लो ब्रिजसम्म चार किलोमिटरको यात्रा गरेपछि तेस्रो चेक पोइन्ट सकिनेछ ।
त्यस्तै अन्तिम चेक पोइन्ट एल्लो ब्रिजदेखि ८ किलोमिटरको यात्रा चोभारमा गएर टुङ्गिङने आयोजक जिल्ला समन्वयन समिति, काठमाडौंले जनाएको छ । आयोजक जिल्ला समन्वयन समिति काठमाडौंकले यो अभियानबाट बागमती नदिमा पनि र्याफ्टिङ गर्न सकिन्छ भन्ने सन्देश दिने, नदीलाई स्वच्छ र सुन्दर बनाउने र नदीमा प्रदूषण नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?
-
पर्सामा अनलाइन जुवा खेलाउने एक जना भारतीय पक्राउ, अदालतबाट ५ दिनको म्याद थप
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्रको अभिव्यक्तिले संसदमा तरंगदेखि उर्जामन्त्रीको विरोध गर्ने कर्मचारीलाई हटाउन मन्त्रालयको ताकेतासम्म
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति