शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादीको विशेष अभियानको तयारी पुरा, पदाधिकारी को–कहाँ खटिए ?

बिहीबार, १४ भदौ २०८०, १५ : ३६
बिहीबार, १४ भदौ २०८०

काठमाडौं । माओवादी केन्द्रले शनिबारदेखि सुरू हुने ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको तयारी पुरा गरेको छ । 

प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच चन्द्रागिरि–२ स्थित भट्टेडाँडाबाट अभियानको औपचारिक उद्घाटन गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

माओवादीले शुक्रबार पत्रकार सम्मेलन गरे उद्घाटनको तयारी सम्बन्धमा सम्पूर्ण जानकारी गराउने तयारी गरेको छ  । गत केन्द्रीय समिति बैठकबाटै माओवादीले ७५३ पालिकाको ६ हजार ७४३ वडामा एकसाथ अभियान सुरू गर्ने कार्यतालिका पारित गरेको थियो । 

जसअनुसार पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय ससस्य, केन्द्रीय निकाय, सल्लाहकार समिति, प्रदेश कमिटी सदस्यहरू र जनवर्गीय संगठनलाई अभियानमा एकसाथ खटाएको छ । 

साउन (१७–२१)सम्म राजधानीको कमलादीमा बसेको बैठकले केन्द्रीय समिति बैठकले पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्दै तीन महिना वडामा खटाउने निर्णय गरेको थियो । केन्द्रीय  सदस्यहरूलाई अन्तरजिल्ला पर्ने गरी कार्यविभाजन गरिएको छ । वडामा जाने अधिकांश सदस्यहरूको टुंगो लागेपनि केहीको टुंगो लाग्न बाँकी रहेको नेता श्रीराम ढकालले जानकारी दिए । 

उनका अनुसार वडामा जाने पदाधिकारीहरूको टुंगो लागिसकेको छ । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहति चार उपाध्यक्ष, एक महासचिव, ६ उपमहासचिव, ९ सचिव र एक कोषाध्यक्ष रहेका छन् । 

जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार चन्द्रागिरि–२ मा आयोजित कार्यक्रममा सहभागी हुने तय भएको छ । उनी अभियानका अवधिमा सातै प्रदेशका एक-एक वडामा खटिने बताइएको छ ।

 वरिष्ठ उपाध्यक्ष नारायकाजी श्रेष्ठ ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा खटिने भएका छन् । उपाध्यक्ष अग्नि सापकोटा लिशंकु पाखर गाउँपालिका –३ सिन्धुपाल्चोक, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका–२ मा खटिने भएका छन् । 

यसैगरी महासचिव देव गुरुङ सुन्दरबजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौं, वर्षमान पुन कामनपा–१६, जनार्दन शर्मा चन्द्रागिरि–२, मात्रिका यादव वीरेन्द्र नगरपालिका–१ सुर्खेतमा खटिने भएका छन् । 

त्यस्तै सचिवमा डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, हितराज पाण्डे पालुङटार–६ गोरखा, चक्रपाणि खनाल, विराटनगर महानगरपालिका–१८ मा खटिने भएका छन् । 

देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, गणेश साह काठमाडौं महानगरपालिका–१०, सुरेन्द्र कार्की बुद्धशान्ति–४ झापा, बागलुङ नगरपालिका–१२, श्रीराम ढकाल चन्द्रागिरि–२ मा खटिने भएका छन् । अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप